+
+

गच्छदार मोर्चा फुट्यो, विजय ओलीतिर, शरदसिंह र राजकिशोर कोइरालातिर

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १४:४०

Sharad-Sing-Bhandari-and-Ra

२४ असोज, काठमाडौं । प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेपछि विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा फुटेको छ ।

गच्छदारको फोरम लोकतान्त्रिकले एमाले र एमाओवादीसँग ८ बुँदे सहमति गरेको छ र ओलीलाई भोट हाल्ने निर्णय गरेको छ ।

तर, गच्छदार मोर्चामा रहेका शरदसिंह भण्डारी नेतृत्वको रामसपा र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकले भने कांग्रेस उम्मेदवार सुशील कोइरालालाई भोट दिने निर्णय गरेको छ ।

यससँगै मोर्चा औपचारिकरुपमा फुटेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?