२५ असोज, काठमाडौं । पेट्रोलिमय पदार्थ अभावका कारण सार्वजनिक सवारी साधन कम चलेपछि प्रहरीले निःशुल्क यात्रु बोक्ने गाडी सञ्चालनमा ल्याएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आइतबारदेखि प्रहरी बोक्ने गाडीमा सर्वसाधारणलाई निःशुल्क सेवा दिन थालेको हो । धेरै यात्रुको चाप रहने चक्रपथ क्षेत्रमा दुई गाडी सञ्चालन गरिएको राजधानीमा खबर छ ।
तेल अभावपछि काठमाडौंमा सार्वजनिक यातायात कम संख्यामा चलेका छन् । सोही कारण सर्वसाधारण कोचिएर र छतमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न थालेपछि प्रहरीले निःशुल्क सेवा दिने गाडी सञ्चालन गरेको हो । यो क्रम केही दिन रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4