+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रधानमन्त्री ओलीले जनताको नाममा सपथ लिए

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १३:२१

KP-oli-Oath

२५ असोज, काठमाडौं । नवनिर्वाचित केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष सपथ लिएका हुन् । सपथको क्रममा राष्ट्रपतिले इश्वर र जनताको नाममा भनेपछि ओलीले देश र जनताको नाममा भन्दै सपथ लिएका हुन् ।

व्यवस्थापिका संसद्को आइतबार भएको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, निवर्तमान प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्बाङ, कामु प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सभासद्हरु, तीनै सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च अधिकृतहरु सहभागी थिए ।

प्रधानमन्त्री बनेकै दिन भोटो हेर्ने साइत

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथग्रहण लगत्तै शीतलनिवासबाट शहीदलाई श्रद्धाञ्जली दिन लैनचौर पुग्नेछन् ।

त्यहाँस्थित शहीद स्मारकमा माल्यार्पणपछि ओली शहीद गेट जानेछन् । शहीदगेटबाट सिंहदरवार गई पदभार ग्रहण गर्ने कार्यक्रम रहेको ओलीको प्रेस संयोजन गरिरहेका प्रमोद दाहालले जानकारी दिए ।

पदभार ग्रहण गरेलगत्तै साढे ३ बजे मच्छिन्द्रनाथको भोटो हेर्न जावलाखेल पुग्ने प्रधानमन्त्री त्यहाँबाट सिधै एमालेका केन्द्रीय कार्यालय मदननगर बल्खु पुग्नेछन् ।

बल्खुमा रहेको जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गरेपछि उनी कीर्तिपुरको चम्पादेवी जानेछन् । चम्पादेवीमा अवस्थित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?