+
+

प्रधानमन्त्रीले भने-मधेसको समस्या वार्तावाटै समाधान हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १५:३२

Pm Kp Oli

२५ असोज, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको समस्या वार्ताबाटै समाधान हुने बताएका छन् ।

शीतल निवासमा सपथ लिएपछि सिंहदरवार पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीलले आफ्नो नेतृत्वको सरकार नयाँ ढंगले अघि बताए ।  उनले आफ्नो सरकारलाई परम्परागत सरकारको रुपमा नलिन समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले मधेसको समस्या वार्ताबाटै समाधान हुने बताए । मधेस केन्द्रीय दलहरु संविधान स्वीकार गरेर प्रधानमन्त्री निर्वाचनमा आइसकेको भन्दै उनले छिट्टै समस्याको समाधान हुने बताए ।

साथै उनले इन्धनको अभाव हट्ने र शान्ति सुव्यवस्था कायम गर्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?