+
+

संघीयतामा हेरफेरसहित संविधान संशोधन हुन्छः उपप्रधानमन्त्री गच्छदार

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १८:३५

२५ असोज, काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि संघीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताएका छन् ।

bijay-gachhadarशपथग्रहणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले मधेसी, थारू र जनजातिसँगको छलफलमा आवश्यकताअनुसार संघीयताको सङ्ख्या र सीमामा हेरफेर गरिने र अन्य मागलाई पनि छलफलबाट सम्बोधन गरिने बताए ।

संविधानमा संशोधनका लागि सरकार गठनपूर्व एमाले, एमाओवादी र आफ्नो पार्टी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबीच आठबुँदे सहमति भएको स्मरण गराए ।

संविधान जारी गर्नुपूर्व प्रमुख तीन दलका बीचमा भएको १६ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन हुने उनले बताए ।

१६ बुँदे सहमतिमा आठ प्रदेशमा जाने उल्लेख थियो भने नयाँ संविधानमा सात प्रदेशको व्यवस्था गरिएको छ ।

गच्छदारले संविधान संशोधनमा नेपाली काँग्रेसको पनि सहमति हुने जिकिर गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?