+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गीत गाएरै दशैं खर्चको जोहो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३० गते ७:१९

३० असोज, इलाम । दशैं आउनु भन्दा २२ दिनअघि नै गाउँमा सारंगीको र्याईँर्याईँ सुनियो । विहानको घाम सिकुवामा र्झन नपाउँदै बज्न थालेको सारंगीको धुन करिब १० बजेतिर आफ्नै आँगनमा आइपुग्यो । ‘एक दुइटा गीत सुनाउँ, हजुरको घर आँगन पवित्र पारौं भन्ने लागेर आइयो है ।’

बोली खस्न नपाउँदै कमलले सुरु गरे ‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबैको रुन्छ कि मन बिसाउँदा । अन्धकारमा बन्दुकहरु पड्केको बेला, छातिभरी संगीन गाडिएको बेला’ असोजको चर्को घाममा निधारमा झरेको पसिना पुछ्दै एक गिलास पानी पिएर कमलले अर्को गीत पस्किए । ‘अरुण तरेर नाका तमोर तरेर, आयौं हामी बीरताको गाथा भरेर ।’ निकै मिठो शब्द सारंगीमा मिसाउँदा अझ सुनौं सुनौं लाग्ने ।

गीत सुनाउनु कमलको रहर हैन । उनको बाध्यता अनि परम्परा पनि हो, राजधानी दैनिकमा खबर छ । इलामका हरेक हाट बजारमा अगाडि रुमाल थापेर दाताको पाँच दश रुपैयाँकै सहयोगलाई जीवन्त बनाएका उनै कमल गन्धर्वले इलामका कुना कन्दरामा सारंगीसँगै आफ्नो श्वर घन्काएको त २९ वर्ष वितिसकेको छ । हरेक चाडपर्व होस् अथवा अन्य कुनै समयमा उनको पेसा नै यसरी गीत गाउनु हो । घर ब्यवहार चलाउन होस् अथवा छोराछोरीलाई पढाउन, अहिलेसम्म कमलले गीत गाएरै धानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?