+
+

नेपाल टेलिकमले ल्यायो रिचार्ज गर्ने नयाँ तरिका

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते १४:४५
१ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले कार्तिक १ गतेदेखि अर्थात् आजदेखि इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स ( IVR) १४१२ मार्फत् सीअारबीटी र सीएस सिस्टमबाट कम्पनीका कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने नयाँ व्यवस्था गरेको छ।
NTC-Logoजसअनुसार अाइभीअार १४१२ मार्फत् तेस्रो पक्ष रिचार्ज सेवा कम्पनीको  कम्पनीको एनटी रिचार्ज कार्डमार्फत विभन्न सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत पीएसटीएन महशुल भुक्तानी, एडिएसएल रिचार्ज, जीएसएम पोस्टपेड महशुल भुक्तानी, जीएसएम प्रिपेड महशुल भुक्तानी, सिडीएमए प्रिपेड टपअप, सिडिएमए पोष्टपेड महशुल भुक्तानी र वाइम्याक्स रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
नमस्ते  रिचार्ज कार्ड प्रयोग गरी १४१३ मार्फत् पीएसटीएल सेवाको बिल भुक्तानी, जीएसएम पोष्टपेड सेवाको रिचार्ज तथा बिल भुक्तानी र एडीएसएल सेवाको महशुल भुक्तानी गर्ने सेवा पनि यथावत रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?