+
+

नेपाललाई शुन्य भोकमरी बनाउने झाको अभियान

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३ गते ६:३६

३ कात्तिक, काठमाडौं । नेपाल कृषि प्रदान देश भए पनि अधिकांश कृषिबाट उत्पादित सामान विदेशबाट आयत गर्नुपर्ने अवस्था रहेको छ ।

Sanjiv-Jhaरोजगारको सम्भावना नदेखेर धेरै युवा विदेशिने क्रम बढेसँगै नेपालमा रहेका खेतीयोग्य जमिन बाँझिन थालेका छन् । जसका कारण नेपालमै उत्पादन हुने समान उत्पादन गर्न नसक्दा नेपालीमा पोषणको अभाव रहेको पाइन्छ । यसै समस्यालाई समाधान गर्दै अघि बढ्ने योजनाका साथ समाजसेवी सञ्जीव झाले नेपालमा शुन्य भोकमरी अभियान सञ्चालन गरेका छन् ।

झाले भने-‘म एक व्यवसायी हुँ तर, देशको विसम परिस्थिततिमा समाजलाई सुधार गर्न मैले पनि केही अभियान सञ्चालन गर्नुपर्छ भनेर नेपालमा शुन्य भोकमरी बनाउने अभियानमा लागेको छु ।’ उनले नेपालका युवालाई स्वदेशमै रोजगार दिन सकिने बताउँदै नेपाली युवा विदेसिनु नेपालका लागि ठूलो घाटा रहेको बताए ।

गाउँमा आर्थिक उपार्जनका लागि अथाह सम्भावना रहेपनि आफूहरुले उत्पादन गरेका सामानको बजार नहुँदा र गरेको लगानी डुब्दा युवाहरु निरास भएर विदेसिएको भन्दै झाले भने-‘यो अभियानबाट म युवालाई गाउँ मै रोजगार बन्न सिकाउँछु, उनीहरुलाई कृषिका काममा सहयोग गर्छु, बजार खोज्छु र उनीहरुको आर्थिक उन्नतिको पाटो बन्ने प्रयास गदैंछु ।’ आर्थिक रुपमा पिछपिडएको गाउँमा गएर त्यहाँ सानो लगानीमा व्यवसाय सञ्चालन गर्ने सीप सहितको सहयोग गरेपछि युवाहरु आफैं उद्यमशिल बन्ने भन्दै झाले यसका लागि पुलको काम आफूले गर्ने र रोजगार बन्नका लागि सरकारको मुख ताक्नुपर्ने अवस्था आउन नदिने योजना रहेको बताए ।

प्रत्येक गाउँलाई नमुना गाउँ बनाएर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर व्यवसाय सञ्चालनको ज्ञान तथा सीपको आदान प्रदान गर्न सकिने उनको भनाई छ ।

जिरो ग्रुप प्राली सञ्चालन गरिरहेका झाले कोही पनि नेपाली भोकै बस्नुपर्ने दिनको अन्त्य गर्न युवा वर्गलाई परिचालन गरी आफू अघि बढ्ने तयारीमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?