+
+

संविधान पाएर खुसी भएका नेपालीलाई दसैंले उत्साह थप्छ : राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३ गते १०:३२

Rambaran-yadav-Presedent-of३ कात्तिक, काठमाडौं । राष्ट्रपति डा. रामबरण यादवले भर्खर निर्माण भएको संविधानले नेपालीलाई खुसी बनाएका बेला बडा दसैंले अझै उत्साह थप्ने बताएका छन् ।

दसैंको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति यादवले चार्डपर्वहरु नेपाली समाजका गहना रहेको बताउँदै नेपालीहरुबीचको एकता र सौहार्दतालाई यस्ता चार्डले जोड्ने गरेको बताए ।

सोमबार एक विज्ञप्ति जारी गर्दै डा. यादवले अब मुलुकलाई आर्थिक क्रान्तिको साझा लक्ष्यमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । सात दसकदेखिको उपलब्धी संविधान निर्माणसँगै संस्थागत भएको भन्दै यादवले संविधानभित्र रहेका कमिकमजोरीलाई समयअनुकुल परिमार्जन गर्न सकिने बताए ।

यादवले तराईमा जारी समस्यालाई सरकारले वार्ताका माध्यमबाट चाँडै सम्बोधन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?