कपिल ज्ञवाली
८ कात्तिक, बुटवल । स्थापना भएको आठ महिनापछि बुटवलमा मालपोल कार्यालय सञ्चालनमा आएको छ ।
विवादका कारण भैरहवामा रहेका मालपोतका श्रेस्ताहरु बुटवलमा सार्न निकै कठिनाइ भएको थियो । दसैंंको बिदाका बीचमा कार्यालयका सरसामान कागजपत्र र श्रेष्ताहरु बुटवलमा ल्याइएको थियो ।
रुपन्देहीको भैरहवामा मात्र रहेको कार्यालयले नागरिकको चाप थेग्न नसकेपछि बुटवल लगायतका १० क्षेत्रलाइ कार्यक्षेत्र बनाउदै बुटवल १० सुख्खानगर स्थित कुशुमपथमा आइतबारबाट नयँँ कार्यालय सुरु भएको हो । यो सँगै रुपन्देहीमा २ वटा मालपोत कार्यालय भएका छन् ।
दसैं बिदा सकिएपछिको पहिलोदिनमै १५ जनाले सेवा लिएको मालपोल कार्यालय बुटवलका प्रमुख मालपोत अधिकृत यादबराज पाण्डेयले बताए ।
‘अब टीम स्प्रीट साथमा काम हुन्छ’ उनले थपे-ँ सेवाग्राहीलाइ छिटो छरितो तथा सुलभ ढंगले बुटवल कार्यालयबाट सेवा प्रबाह गर्ने प्रतिबद्धता गर्दछु । ’
उनी १ महिनाअघि जिल्ला मालपोत कार्यालय नवलपरासीबाट बुटवल कार्यालयमा सरुवा भएर आएका हुन् ।
बुटवल कार्यालयले साबिकका बुटवल नगरपालिका,गाबिसहरु पर्राेहा, दुधराक्ष, मोतिपूर, सेमलार, केरवानी, गजेडी, शंकरनगर, मक्रहर, आनन्दबन र करहियाका सेवाग्राहीका धितो अंशबण्डा,जग्गापास तथा जग्गा सम्बन्धि सबैकाम गर्ने कार्यालयका नायब सुब्बा मीनबहादुर श्रेष्ठले बताए ।
कार्यालयमा सेवालीन आएका तेश्रो सेवाग्राहि रुपन्देही मणिग्रामका बाबुराम भण्डारीले सेवा बिस्तारले निकै सहज बनाएकोमा खुसि ब्यक्त गरे । उनले जग्गा पास दिन आएको बताए ।
पहिलो दिनमै डेढ लाख राजश्व संकलन
कार्यालय सञ्चालनको पहिलो दिनमै १ लाख ५० हजार २ सय ९० राजश्व संकलन भएको छ ।
जसमध्ये राजिनामा ९ थान, हालैका बकस १ थान, अंश भरपाइ २ थान, बैंक धितो ३ थानको पास भएको छ ।
सुशील कोइरालाको नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयनमा आउन निकै ढिला भएको हो । बुटवलमा मालपोत र नापी कार्यालयको शाखा बिस्तार हुने भएपछि केहि समय रुपन्देहीमा पनि कार्यालय सार्ने र नसार्ने भन्दै सरोकारवालाहरु बिभाजित समेत बनेका थिए ।
२२ मध्ये १२ जनाको पदपूर्ति
आइतबारबाट मात्र सञ्चालनमा आएको मालपोत कार्यालय बुटवलमा २२ जनाको दरबन्दि रहेपनि अहिले भने १२ जनाको मात्र पदपूर्ति भएको छ । रिक्त पदपूर्तिका लागि बिभागलाइ पत्राचार भैसकेको प्रमख मालपोत अधिकृत पाण्डेयले बताए । उनले कामलाइ प्रभाबकारी बनाउन सबै पदमा छिट्टै पूर्णता दिनका लागि बिभागलाइ आग्रह समेत गरे । अहिले १ प्रमुख मालपोत अधिकृत,२ मालपोत अधिकृत,५ नायबसुब्बा,२ खरिदार,२ कम्प्यूटर अपरेटर लगायत रहेका छन् ।
३ लाख ६० हजार बालुवामा पानी
२०७१ फागुनमा बुटवलमा ल्याइएको कार्यालय समयमा संचालन हुन नसक्दा घर भाडा बापतको ३ लाख ६० हजार सरकारको ढुकुटीबाट रित्तिएको छ । कार्यालय स्थापना गरेपछि संचालन नभएपनि घरबेटीलाइ मासिक ४५ हजारका दरले भाडा बुझाउनुपरेको हो ।
प्रतिक्रिया 4