+
+

एमाओवादी सांसद जैसवालद्वारा राष्ट्रपति चुनाव बहिस्कार !

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ११ गते १५:१८

११ कात्तिक, काठमाडौं । राष्ट्रपति चयनका लागि बुधबार व्यवस्थापिका संसदका भएको मतदानमा एमाओवादीका दुई सांसद अनुपस्थित भएका छन् ।

Surendra-Prasad-Jayasawalसत्तारुढ गठवन्धनले सबै सभासदलाई विहान ९ बजे नै संसद भवनमा उपस्थित हुन भनेको थियो । तर, एमाओवादीका दुई सांसद भक्तिप्रसाद पाण्डे र सुरेन्द्रप्रसाद जैसवाल मतदान प्रक्रियामा सहभागी भएनन् ।

एमाओवादी सांसद हितराज पाण्डेका अनुसार सांसद भक्तिप्रसाद पाण्डे विरामी छन् । उनको भारत मेदान्त अस्पतालमा उपचार भइरहेकाले मतदानमा अनुपस्थित भएका हुन् ।

तर, सांसद जैसवालले भने बहिस्कार गरेका छन् । उनलाई मतदानमा आउन भनिएको तर, किन अनुपस्थित भएको थाहा नभएको पाण्डेले अनलाइनखबरलाई बताए ।

एमाओवादी सांसद जैसवाललाई सम्पर्क गर्दा आफू राष्ट्रपतिको चुनावमा अनुपस्थित भएको स्वीकार गरे । उनले भने-‘मैले आफ्नो कुरा पार्टीमा राखेको छु ।’

पछिल्लो समय आफू पार्टीप्रति असन्तुष्ट रहेको भन्दै सांसद जैसवालले भने-‘पार्टीमा अहिले मनपरी निर्णय भएको छ ।’ तर, सांसद साहले आफूले पार्टीमा राखेको मत तथा असन्तुष्टीबारे थप खुलाउन भने मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?