+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

कविता-‘बेनामी तुफान’को अवसान

कविता-‘बेनामी तुफान’को अवसान

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २२ गते ९:०८

डा धर्मागत भट्टराई

Dharmagat-Bhattaraiलुटिएकी बैनी, भुटिएको भाइ

गुमेको बाउ, र थलिएकी आमा!

अनि जिर्ण कोट र झन्ट्याङ्ग झोलामा भावनाको अश्वत्थामा!

ऊ टाढाका महलहरुको अस्वीकृत पहिचान!

हाम्रो ‘बेनाम तुफान!’

ऊ शब्दमा कुसमयको छाला काड्थ्यो

ऊ अन्धविस्वासको बनमारा फाड्थ्यो

ऊ बोल्थ्यो अधिकारहीन बृद्ध अधिकारीको आवाज

ऊ खोल्थ्यो अस्मिता लुटिएको लिपुलेकको लवज!

ऊ चाहन्थ्यो कमसे कम एक पललाई!

‘समय फेरिएर आफै सेरिएको अत्यास अनि ढुक्क फेरिने सास’

अफसोस!

न पाउ मोल्न गयो, न दावा बोल्न गयो;

न उफ्रेर ‘साक्खे सुन्दर’ भै पोल खोल्न गयो;

इमान्दारीको बिंड तिखार्दा तिखार्दै, अविस्वासको प्रहार सखार्दा-सखार्दै

गुहार पाएन उसको मसी भरेर नेपाल गाउने कलमले

मंच पाएन उसको बलिदानको मलमले!

बिसाई मार्न बसेकालाई थप शीतल ऊ

चौताराहरुको मन जित्ने उसको शान!

तर सभ्यहरुसामु अस्वीकृत श्मशान!

बिचरो हाम्रो आवाजको ‘बेनाम तुफान!’

न देखायो बिश्वबिद्यालयको ब्याचलर घुर्की

न बनायो अन्यायको या यातनाको पिडितको पुर्जी

बस् लेख्यो गल्ली गल्ली; नगल्ने श्रमका हातका गुन!

बस् गायो कुनाकुना; नबज्ने बिनायोका दुखका धुन!

जुनको शीत झैं उसको गीत

कुर्चीको खुट्टाले किचिमिची पार्यो रे

हाय! जटायुलाई रत्तिको तीरले झार्यो रे

उसका आवाज़ बटुल्न गएका रथ भए रे अन्तर्ध्यान!

किसान, भरियाहरुबाट स्वीकृत, सहरियाबाट अस्वीकृत

हृदयबोली सयबाट स्वीकृत, तर मुखबोली सभ्यबाट च्युत!

ऊ कहानीले रुवाउने स्वच्छन्द हृदय बिमान!

अयोग्य भनिएको अप्रकाशित ‘बेनाम तुफान’!

काँडे बगरबाट सकिनसकी उठेर

भोको पेट र घाउले खाएका खुट्टासित

प्रकशिकाको सुझाब पेटिकामा खसाल्दिएछ आज केही आफ्नै

अस्वीकृत हस्ताक्षर!
‘बेनाम तुफान!’

भोलिपल्ट हंगामा भो,

चोक चोक बजार बजार, ‘बेनाम तुफान’ चर्चा भो!

आठ साल देखिको अस्वीकृत झोलाको एक पाना पर्चा भो,

बेजोड महान! वाह! मंच तयारी भो!

अफसोस!

कुर्चिले कुल्च्यो फेरि त्यै शंखनाद!

झोलाभरी दुरदर्शी मक्किएका पानाको ठेली

धमिलिएको बाढीको अशान्त घाटमा ‘अर्धजल’ परान भो!

उदाएको ताराको बलेनी- मसान भो!

आज ‘बेनाम तुफान’को दुखद अवसान भो!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?