+
+

मधेसी मोर्चासहित ८ दलद्वारा संसद बैठक अवरुद्ध (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २२ गते १९:५३

Samsad-narabaji
२२ कात्तिक, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका आठ दलले व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् ।

आइतबारको संसदको बैठकमा मधेसी मोर्चा आवद्ध चार र अन्य चार दलले नाराबाजी गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । सभामुख ओनसरी घर्तीले आफ्नो एजेण्डा सम्बोधन गराउन पनि संसदको कारबाही अघि बढाउनु पर्ने भन्दै नाराबाजी नगर्न आग्रह गरेकी छन् । तर, त्यसलाई बेवास्ता गर्दै सांसदहरूले नाराबाजी जारी राखे । उनीहरू नारा लगाउँदै हलबाट बाहिरिएका थिए ।

नाराबाजी गर्नु अघि संसदमा बोल्दै मोर्चाआवद्ध संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले तराई मधेसको माग माग पुरा नगरी सदन चलाउनु उपयुक्त नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?