+
+

नयाँदिल्लीमा नेपाली विद्यार्थीले खेले देउसी–भैलो

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १४:११

भारत (नयाँदिल्ली) । भारतको राजधानी नयाँदिल्लीमा रही सीए (चार्टर्ड एकाउन्टेन्सी) अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको छाता संगठन ‘हातेमालो नेपाली विद्यार्थी समुह’ले नेपालीहरुको महान चाड दीपावलीको अवसरमा देउसी–भैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

Nepali-Students-Playing-Deu११ नोभेम्बरमा ललितापार्क, लक्ष्मीनगरमा साँझ ७ बजेबाट उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

प्रवासमा रहेर पनि आफ्नो मौलिक संकृतिलाई जगेर्ना गर्ने र घरभन्दा बाहिर रहेर पनि घरमै रहेको आभाष दिलाउने मुख्य ध्येय अनुसार देउसी भैलो खेलेको हातेमालोका अध्यक्ष सुनिल बुढाथोकीले जानकारी दिए ।

उक्त कार्यक्रमलाई मुख्यतः ३ चरणमा बाँडिएको थियो । पहिलो चरणमा सम्पूर्ण सहभागीहरुले लक्ष्मीपूजा गरी प्रसाद ग्रहण गरेका थिए भने दोस्रो चरणमा देउसी–भैलो खेलिएको थियो । तेस्रो चरणमा माहोललाई अझ तताउने क्रममा दोहोरी खेलिएको थियो ।

उनीहरुले भारतस्थित नेपाली राजदुतावास तथा अन्य विभिन्न क्षेत्रमा देउसी–भैलो खेलेका थिए । आजसम्म दिल्लीको लक्ष्मीनगरमा कसैले देउसी–भैलो कार्यक्रम आयोजना नगरेको र ऐतिहासीक रुपमा हातेमालोद्वारा यस्तो कार्यक्रम पहिलोचोटी आयोजना गरिनु सबैका लागि गौरवको कुरा रहेको सहभागीहरुले बताए ।

आगामी वर्षहरुमा समेत ‘हातेमालो’ले यस कार्यक्रमलाई निरन्तरता दिने र अझ स्तरोन्नती गर्ने प्रतिवद्धता संस्थाका सचिब राहुल यादवले जानकारी दिए ।

आशिष थापा, नबराज गौतम, उज्ज्वल कोईरालालगायतको विशेष प्रस्तुति रहेको देउसी भैलो कार्यक्रम सुशिल चन्द्र लम्सालले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?