+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

टुपी बाजेको शरीर भन्दा लामो टुप्पी !

दाङ । सुन्दै अचम्म लाग्न सक्छ । तर, यो वास्तविक हो । जुम्ला जिल्ला सानीगाउँ गाविस वडा नं. ५ फुडर गाउँ निवासी ७९ बषिर्य माग्ले रोकायको टुप्पी शरिर भन्दा लामो छ । उनलाई आफ्नै टुप्पी वोक्न धौ छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १० गते ९:०५

Tuppi-ba

दशरथ घिमिरे
दाङ । सुन्दै अचम्म लाग्न सक्छ । तर, यो वास्तविक हो । जुम्ला जिल्ला सानीगाउँ गाविस वडा नं. ५ फुडर गाउँ निवासी ७९ बषिर्य माग्ले रोकायको टुप्पी शरिर भन्दा लामो छ । उनलाई आफ्नै टुप्पी वोक्न धौ छ ।

बुधवार मालपोत कार्यालय तुलसीपुरमा भेटिएका रोकायको टुप्पी हेर्नेको भीड जम्मा भयो । ‘देखाएर हिड्ने हो भने हेर्नेको भिड हुन्छ’ उनले भने-‘त्यही भएर लुकाएर हिंडुछु ।’ साढे ६ हात लामो अर्थात ३ मिटर लामो टुप्पी छ । रोकायले २५ बर्ष देखि टुप्पी पाल्न थालेका हुन् ।

किन यती लामो टुप्पी पाल्नु भएको भन्ने प्रश्नको जवाफ दिदै रोकायले भने-‘म पुजारी हुँ, त्यही भएर टुप्पी पालेको, लामो भएर टुप्पीकै भारी भयो ।’ रोकाय गाउँमा रहेको कैलाश मन्दिरको पुजारी हुन । कैलाश पुजाको दिन स्थानीय भक्तजनले रोकायको टुप्पीमा घ्यू घस्छन् । तर्, टुप्पीलाई अहीले सम्म पानीले भिजाइएको छैन् ।’नुहाउदा टुप्पीमा पानी पर्छ भनेर जोगाएर नुहाउछु’ रोकायले भने ‘पानीले भिज्यो भने र्झछ की भन्ने डरले गर्दा अहिले सम्म पानीमा भिजाएको छैन् ।’

रोकायको गाउँमा ८६ घर परिवार वस्छन् । गाउँका मानिसहरुले रोकायलाई पुज्दै आएका छन् । रोकायका तीन वटा छोरा र दुई वटी छोरी छन् । रोकायका जेठा छोरा तुलसीपुर टरिगाउँ वस्नुहुन्छ । जग्गाको कामको सिलसिलामा रोकाय पनि तुलसीपुर र्झनु भयो । गाउँमा रोकायको पहिचान टुप्पी बाजे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?