+
+

नयाँ बानेश्वरका प्रदर्शनकारीको प्रश्नः सरकार कहाँ छ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १२ गते १६:१५

nagrik sanjal Protest At KTM (1)

१२ मंसिर, काठमाडौं । मधेस आन्दोलनलाई सम्बोधन गर्न माग गर्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । नागरिक सञ्जालको ब्यानरमा भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी भएका थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार कहाँ छ ?’ भन्दै नारा लगाएका थिए । उनीहरुले सरकार र आन्दोलनरत समूहले हत्या हिंसा बन्द गर्नु पर्ने, सार्वजनिक सम्पत्तिको दुरुपयोग र कालोबजारीलाई प्रोत्साहन गर्ने क्रियाकलाप बन्द गर्न माग गरेका छन् ।

माइतिघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

nagrik sanjal Protest At KTM (15)

प्रदर्शनपछि भएको सभाका वक्ताहरुले जनताले पाएको कष्टका विषयमा सरकार र संसद् मौन वसेको भन्दै आपत्ति जनाए ।

उनीहरुले मधेसवादी दलको आन्दोलन र आन्दोलनलाई कारण देखाएर भारतले गरेको नाकाबन्दीले ग्याँस, पेट्रोल, खाद्यान्न लगायतको अभाव हुँदा आमजनताले भोकभोकै मर्नुपर्ने अवस्था आएपनि सरकार र संसद्ले समस्याको समाधान खोज्न गम्भिरता नदेखाएको आरोप लगाए ।

साथै अभावको नाममा मौलाएको कालोबजारी नियन्त्रण गर्न तथा भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाण सम्बन्धी विधेयक तत्काल पारित गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

nagrik sanjal Protest At KTM (2) nagrik sanjal Protest At KTM (7) nagrik sanjal Protest At KTM (8) nagrik sanjal Protest At KTM (10) nagrik sanjal Protest At KTM (12) nagrik sanjal Protest At KTM (14)

nagrik sanjal Protest At KTM (16)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?