+

खेलकुद विश्वविद्यालय स्थापना गर्न युवा संघको माग

२०७२ मंसिर  १२ गते १७:४१ २०७२ मंसिर १२ गते १७:४१
खेलकुद विश्वविद्यालय स्थापना गर्न युवा संघको माग

१२ मंसिर, काठमाडौं । युवा संघ नेपालले खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने सहितको ३५ बुँदे माग राख्दै युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको टोलीले एक निर्वाचन क्षेत्र एक खेलकुद मैदानको स्थापना गर्नुपर्ने, बेरोजगार भत्तालाई अनिवार्य गर्नुपर्ने, युवा प्रतिभा पुरस्कारलाई व्यापक गर्नुपर्ने र एक युवा एक रोजगारीको व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको हो ।

युवा संघले युवा जनसङ्ख्याका आधारमा हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीको संवैधानिक हकलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न समेत माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री मण्डलले युवाले उठाएका जायज मागलाई सम्बोधन गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त थरेका छन् । रासस

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय