+
+

प्रचण्डसँग १० हजारको ‘किरात फोर्स’ बनाउने गोपाल किरातीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते १८:२०

prachanda-gopal-kirati
१३ मंसिर, काठमाडौं । एमाओवादी स्थायी समितिका सदस्य गोपाल किरातीले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर १० हजारको किरात फोर्स बनाउने र संविधान संशोधनमार्फत् किरात गणराज्य स्थापना गर्ने प्रस्ताव गरेका छन् ।

आइतबार लाजिम्पाटमा किरातीसहितको टोलीले प्रचण्डलाई भेटी किरात गणराज्यको प्रस्ताव राखेका हुन् । यसबारे प्रचण्डलाई किरातीले लिखित प्रस्तावसमेत बुझाएका छन् ।

उच्च्स्तरीय राजनीतिक समितिको संयोजक रहेकाले प्रचण्डलाई भेटेर संविधानका कमजोरी सच्याउन आग्रह गरिएको किरातीले अनलाइनखबरलाई बताए । संविधान संशोधन गर्दा किरात र थारुहरुको मागलाई सम्बोधन गर्न आफूहरुले प्रचण्डलाई आग्रह गरेको किरातीले बताए ।

यसअघि गोपाल किरातीको पहलमा शनिबार राजधानीमा किरात गणराज्य पक्षधरहरुको भेलासमेत आयोजना गरिएको थियो ।

आफ्नै पार्टीका अध्यक्षलाई किरातीको टोलीले बुझाएको ज्ञापनपत्रमा संविधान संशोधनमार्फत् किरात गणराज्य स्थापना गरिनुपर्ने, लिम्बुलाई आत्म निर्णयको अधिकार दिइनुपर्ने तथा ताम्सालिङ, तमुवान, मगरात, खसान, थरुवान तथा मधेस गणराज्य स्थापनाको आन्दोलनमा सक्रिय सहभागिता र समर्थन गर्ने प्रस्ताव गरिएको छ ।

किरात गणराज्यमा १० हजार किरात फोर्स र २ लाख सदस्य बनाउने किरातीले प्रस्ताव गरेका छन् । साथै किरात प्रदेशभित्रका भ्रष्टाचारी, कालोबजारी र विदेशी दलाल पहिचान गरी जनकारवाही गर्ने प्रस्ताव किरातीले अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?