पदमप्रसाद पौडेल
ड्याङ ड्याङ ड्याङ ड्याङ, को आयो यो मध्यरातमा?
ढोका खोले बिम्झिएर, तर्सिहाले देख्दा उ साथमा,
किन आएको यति राति ? को हौ तिमी?
म नया बर्ष चिनिनौ २०१६ को सिमी
साच्चै के तिमी नै हौ त नया बर्ष ?
नत उज्यालो छ कतै,
नत खुसियालो छ कतै ।
नत प्रीतिको गीत बज्दै छ कतै,
नत कसैले मीत रच्दै छ कतै,
साच्चै के तिमी नै हौ त नया बर्ष ?
चारैतिर रुखहरुको पात खोसिदै छ,
बर्षैबर्ष देखिको हाम्रो साथ खोसिदै छ ।
चिसोले मन लुगलुग काभिईरहेको छ,
१मुठी श्वासकै भरमा जीवन थामिईरहेको छ।
साच्चै के तिमी नै हौ त नया बर्ष ?
रात कट्दै छ यही एउटै चुहिने पालमा,
सधै खेलिन्छ पौडि आशु र सितको तालमा।
देशैभरी खाद्यान्न र इन्धनको अभाव छ,
न गास न बास न कपास मनमा सधै तनाव छ।
साच्चै के तिमी नै हौ त नया बर्ष ?
चाहिदैन तिम्रो भुकम्प,नाकाबंदी र सङ्कटको कोसेली,
लौजाउ फिर्ता, चाहिदैन तिम्रो संबिधानको त्यो ठेली।
बाच्न देउ हामीलाई आनन्दले, नफसाउ तिम्रो झोलीमा,
घरिघरि नतर्साउ, बरु मर्छौ प्यासै जादैन्नौ तिम्रो खोलिमा।
साच्चै के तिमी नै हौ त नया बर्ष ?
खै के भनौ मैले त तिमीलाई कसै गरेनी चिन्नै सकिन,
हाम्रो नयाबर्ष त खुसी लिइ आउछ तर यहा दुख छ किन?
हाम्रो नया बर्ष बसन्तको न्यानो माया लिएर आउछ,
मर्नै लागेको मान्छेलाई पनि अझ आयु दिएर आउछ।
साच्चै के तिमी नै हौ त नया बर्ष ?
हाम्रो नया बर्ष त बिजयको बाजा बजाउदै दिपावली गर्दै आउछ,
नया नया बुट्टा,बुट्टामा खुट्टा, रङ्ग अनि रस पनि भर्दै आउछ।
हो मैले चिने, हामिलाई दुख अनि डराउन दिने तिमी भुत हौ,
भो तिमी जाउ, म ढोका बन्द गर्छु, किनकी तिमी झुट हौ।
साच्चै के तिमी नै हौ त नया बर्ष ?
प्रतिक्रिया 4