+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भरी सिलिन्डर ग्यास बेच्न दिने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १० गते १२:१२
Gas Line (11)
१० फागुन, काठमाडौं । सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बेच्ने निर्णय उल्ट्याएको छ । आपूर्ति मन्त्रालयले अब नाकाबन्दी अघि कै ब्यवस्थाअनुसार पूरा तौलको ग्यास सिलिन्डर बजारमा बिक्री गर्न दिने निर्णय गरेको हो ।

आज सोमबार आपूर्तिमन्त्री गणेशमान पुनले आधा सिलिन्डर ग्यास बेच्ने गत कात्तिकको निर्णय स्थगित गर्दै पुरानै व्यवस्था लागू गर्ने निर्णय गरेका हुन् ।

आजैदेखि ग्यास उद्योगहरुले सिलिन्डरमा १४ दशमलव २ किलो कै ग्यास भर्न सुरु गर्ने आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

‘भारतबाट ग्यास आयात बढेको छ । त्यसैले अब भरि सिलिन्डरमा फर्किने निर्णय भएको हो’ मन्त्रालयका प्रवक्ता सुवेदीले भने, ‘अब उपभोक्ताले पूर्ण तौलमा भरिएका सिलिन्डर पाउँछन् ।’

आयल निगमले पनि मन्त्रालयलाई ग्यासको आयात बढेको भन्दै आधा सिलिन्डरबाट फेरि भरि सिलिन्डरमा जान राय दिएको थियो ।

यस्तै ग्यास उद्योगी तथा व्यवसायी र उपभोक्तावादी संस्थाहरुले पनि आधा सिलिन्डरले उपभोक्तालाई लगातार लाइनमा बस्न बाध्य बनाएको भन्दै १४ दशमलव २ केजी मै फर्कन दबाब दिएका थिए ।

वाणिज्य विभागको समेत दबाबलाई झेल्दै मन्त्रालयले ग्यास आयात सहज नभएसम्म निर्णय उल्ट्याउन नसकिने बताएको थियो ।

आयल निगका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार भारतबाट अहिले दैनिक ४० बुलेट  ग्यास आइरहेको छ । अभाव विस्तारै कम हुन दिनमा कम्तीमा ६० बुलेट ग्यास आउनुपर्ने हो ।  तर, भारतीय आयल कर्पोरेशनले मागअनुसार ग्यास दिएको छैन ।

ग्यास उद्योगीहरुले आधा सिलिन्डर मात्रै बेच्दा सिलिन्डर उपभोक्ताकोमा थुपि्रएकाले सिलिन्डर नभएर आएको ग्यास पनि भर्न नपाएको बताएका छन् ।त्यसैकारण पनि मन्त्रालयले मागअनुसार ग्यास नआएकै अवस्थामा आधा सिलिन्डर ग्यास बेच्ने निर्णय उल्ट्याएर भरि सिलिन्डरमै फर्किने निर्णय गर्नुपरेको एक आपूर्ति अधिकारीले बताए ।

भारतीय नाकाबन्दीपछि ग्यासको वितरण सहज बनाउन भन्दै सरकारले गत कात्तिकमा ‘७ दशमलव १ किलोको सिलिन्डर भरेर बेच्ने’ निर्णय गरेको थियो ।

केही ग्यास उद्योगले गएको गत माघदेखि नै स्वेच्छिक रुपमा १४ दशमलव २ किलोकै सिलिन्डर बजार ल्याउन सुरु गरेका थिए । तर, सरकारले त्यसमा आपत्ति जनाएपछि रोकिएको थियो ।

ग्यास उद्योगीहरुले आधा भरिएका सिलिन्डर बजारमा ल्याउँदा दोहोरो ढुवानी लागत परेको गुनासो पनि गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?