Comments Add Comment

‘त्रिमुर्ति’ नचल्दा बार्सिलोनाको नाटकीय स्खलन

जित्न बिर्सिएको हो कि भाग्यले साथ नदिएको ?

Messi

गत मार्च १६ मा लुइस स्वारेज, नेयमार र लिओनल मेस्सीको गोलमा च्याम्पियन्स लिगमा बार्सिलोनाले आर्सनलमाथि ३-१ को जित हात पार्‍यो । समग्रमा उसले ५-१ को जितका साथ अन्तिम आठमा स्थान पक्का गर्‍यो ।

‘म्याच अफ दि डे’ प्रस्तुत गर्दै बार्सिलोनाका पूर्वस्ट्राइकर ग्यारी लिनकरले ट्वीट गरे, ‘बार्सिलोनाले खेल्ने फुटबल एकदमै आनन्ददायी हुन्छ । सुन्दर खेलको इतिहासमा यो उत्कृष्ट टिम हो ।’

उनको भावनात्मक ट्वीट धेरै शेयर भयो । आर्सनलमाथिको जित बार्सिलोनाको ३८ खेलको अपराजित यात्रा पनि थियो । ला लिगमा एथ्लेटिको मडि्रड र रियल मडि्रडमाथिको अग्रता भेट्टाउन नसकिने खालको थियो भने कोपा डेल रेको फाइनलमा पुगिसकेको थियो ।

सिजनको अन्त्यतिर आइपुग्दा बार्सिलोना लगातार दोस्रो सिजन तीन उपाधि च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको उपाधिको प्रवल दावेदार देखियो ।

तर, एक महिना वित्दा नाटकीय परिर्वतन भयो । अपि्रलको सुरुवातमा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो । ला लिगामा १३ वर्षमा पहिलोपटक लगातार तीन हार ब्यहोर्‍यो र ९ अंकको अग्रता शुन्यमा झर्‍यो । एक्कासी ‘सुन्दर खेलको इतिहासको उत्कृष्ट टिम’ ले जित्न बिर्सिएको छ र नाटकीय संकटमा फसेको छ ।

बार्सिलोनाको यो सिजन उपाधिविहीन हुने खतरा छ । के भयो यस्तो ?

‘ब्याडलक’ मात्र हो ?

Luis-Enrique

प्रशिक्षक लुइस इनरिकका अनुसार बार्सिलोना ओरालो लाग्नुको मुख्य कारण ब्याडलक हो । पछिल्लोपटक बार्सिलोना ला लिगामा आइतबार भ्यालेन्सियासँग २-१ ले पराजित भयो । उनले टिमको प्रदर्शनबाट आफू खुसी रहेको तर, जितका लागि ‘लक’ पनि चाहिने बताए ।

‘हो, त्यो खेलमा बार्सिलोनाले केही मौका पाएको थियो । स्वरेजको हेड बारमाथिबाट गयो । जेरार्ड पीकेले राम्रो मौका खेल फाले भने मेस्सी (दुई पटक), राकिटिक र नेयमारको प्रहारमा विपक्षी गोलकिपरले उत्कृष्ट बचाउ गरे । भ्यालेन्सियाले राकिटिकको आत्मघाति गोलबाट अग्रता लिएको थियो ।

तर, बार्सिलोनाको हारको श्रृंखला घरेलु मैदानमा रियल मडि्रडसँग पराजित भएपछि सुरु भएको थियो । तर, ब्याडलक मात्र बार्सिलोनाको अहिलेको संकटको जवाफ होइन । उसो भए के त ?

एमएसएन मिस-फायरिङ

पछिल्लो १८ महिनामा बार्सिलोनाले पाएको सफलताको मुख्य आधार मेस्सी, स्वारेज र नेयमारको सशक्त स्ट्राइक फोर्स हो । यसलाईर एमएसएन भनेर चिनिन्छ । उनीहरुले गत सिजनमा संयुक्त रुपमा १२२ गोलको कीर्तिमान बनाए ।

त्यही एमएसएनका कारण बार्सिलोनाले लामो समयसम्म अपराजित रेकर्ड बनायो । अहिलेको बार्सिलोनाको असफलताको मुख्य कारण यिनै तीन स्ट्राइकर प्रभावशाली नहुनु हो ।

Barcelona-Msn

मार्चमा ५ खेलमा उनीहरुले १३ गोल गरेका थिए, जसमा मेस्सीले ७, स्वरेजले २ र नेयमारले चार । तर, पछिल्लो पाँच खेलमा उनीहरुले जम्मा तीन गोल (मेस्सी एक, स्वरेज २ र नेयमार ०) गरेका छन् ।

यो गोलको खडेरी मात्र होइन । तीन खेलाडी, जसले पछिल्लो १८ महिनाले गज्जबको ताममेल देखाए, तर, अहिले उनीहरुलाई रोक्न सकिन्न भन्ने अवस्था हटेको छ । च्याम्पियन्स लिगमा एथ्लेटिको मडि्रडसँग हार व्यहोरेको खेलमा ९० मिनेटसम्म पनि मेस्सीले स्वरेजलाई पास दिन सकेनन् भने नेयमारलाई एक पास मात्र दिए । जबकी आर्सनलविरुद्ध घरेलु मैदानमा जित हात पार्ने क्रममा मेस्सीले स्वरेजलाई ३ र नेयमारलाई १३ पास दिएका थिए ।

त्यसैले बार्सिलोनामा अहिले देखिएको संकट चुरो एमएसएनको सामुहिक गति नहुनु हो ।

थकान पनि हारको कारण ?

वार्साको संघर्षका लागि सबैभन्दा बढि थकानलाई बहाना बनाइन्छ । स्पेनिस र यूफा सुपर कपमा संलग्नताले गर्दा अरु क्लवभन्दा चाँडै उनीहरु व्यस्त भएका थिए ।

डिसेम्बरमा जापानमा सम्पन्न फिफा क्लब वल्र्डकपले खेलाडीहरुमाथि ठूलो बोझ थपिएको थियो । शनिबार भ्यालेन्सीयाविरुद्धको म्याच यो सिजनमा उनीहरुको ५६ औं थियो । यूरोपका ठूला पाँच लिगहरुमा एथ्लेटिक बिबाओले मात्रै योभन्दा बढि म्याच खेलेको छ ।

उही रणनीति, फरक नतिजा

इनरिकले आफ्नो रणनीतिमा कुनै परिर्वतन गरेका छैनन्, जसका कारण उनको टिम असफल होस् । उनीहरु पहिला जस्तै खेलिरहेका छन्, जुन पछिल्लो ६ महिनामा थियो ।

एक मात्र परिवर्तन भनेको मेस्सीले मध्य भाग बढी ओगट्ने गरेका छन् । विपक्षी टिमका डिफेन्डरहरुलाई तान्न मेस्सी मैदानको मध्यभागको चारैतिर पुग्छन् । मेस्सी दायाँबाट खेल्दा पनि यस्तै गर्थे ।

तर, यत्ति कारणले बार्सिलोनाको त्रिवेणीले गोल गर्न सकेन भन्न मिल्दैन । उसो भए केले गर्छ त इनरिकको संकटमोचन ?

इनरिकको आलोचना उनले सब्स्टिच्युटमा उपयुक्त विकल्प नराखेकोमा हुने गरेको छ । जस्तो आइतबार भ्यालेन्सियाविरुद्धको खेलमा उनले कुनै परिर्वतन गरेनन् । यसले के प्रष्ट हुन्छ भने उनले बेन्चमा भएका आफ्ना कुनै पनि खेलाडीमाथि विश्वास नै गरेनन् ।

अट्याकिङ मिडफिल्डर राफिन्हा घाइते हुनु र टुरान निलम्बनमा हुनु उनका लागि दुःखद थियो । मडि्रडका सञ्चारमाध्यमहरुले भ्यालेन्सियाविरुद्धको खेलमा खेलाडी परिर्वतन नगर्नुलाई विफलताको कारण बताएका छन् र इनरिकमा २००३/०४ मा रियल मडि्रडको प्रशिक्षक रहेका कार्लोसको ‘भूत’ देखिएको बताएका छन् ।

तर, के सत्य हो भने इनरिकेसँग प्लान बी छैन । किनकी उनको प्लान एले काम गरिरहेका बेला अर्को आवश्यक थिएन । तर, ‘ट्रायो’ र्फममा नरहँदा बार्सिलोनाले जित्ने अर्को विकल्प भएन ।

आगामी खेल

तर, इनरिक र उनका खेलाडीहरुले हारमा पश्चाताप गरेर बस्ने समय छैन । किनकी ला लिगामा बाँकी पाँचमध्ये पहिलो खेल बुधबार डिपोर्टिभोसँग छ ।

बाँकी खेल बार्सिलोनाको फेबरमा छन् । किनकी सबै टिम लिगको मध्य र पुछारमा छन् । एथ्लेटिकोले पाँचौं स्थानमा रहेको बिल्बाओसँग खेल्नुपर्नेछ र कप्तान गाबीको अनुपस्थिति पनि रहनेछ । रियल मडि्रडले भिल्लारियलसँग खेल्नु पर्नेछ, जो चौथो स्थानमा पर्न संघर्षरत छ र युरोपा लिगको सेमिफाइनलमा लिभरपुलसँग खेल्नु पर्नेछ ।

यदि बार्सिलोनाको फर्म अहिलेकै जस्तो हुने हो भने बुधबार जे पनि हुनसक्छ । किनकी डिपोर्टिभोले गत डिसेम्बरमा नाउ क्याम्पमा नै २-२ को बराबरी खेलेको थियो ।

ठिक विपरित उपाधिका अन्य दुई दाबेदार एथ्लेटिको र रियल मडि्रडले राम्रो गरिरहेका छन् । बार्सिलोनाको भविश्य भने पि्र-अपि्रल र्फममा फर्किन्छ, फर्किँदैन भन्नेमा भरपर्छ । यदि उनीहरुले बाँकी सबै पाँच खेल जिते भने च्याम्पियन बन्नेछन् । तर, अहिलेको अवस्थामा त्यहाँ ठूलो प्रश्नवाचक चिन्ह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment