Comments Add Comment

ओलीलाई हटाएर प्रचण्ड नेतृत्वमा सरकारः गोपाल किराती

Gopal-Kirati

९ वैशाख, काठमाडौं । एमाओवादीका नेता गोपाल किरातीले केपी ओली सरकारलाई हटाएर प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन् ।

एमालेले अहिले माओदीको चिहानमा बसेर पश्चिम बंगालको ज्योति बशुले शासन गरे जस्तो शासन गर्न चाहेको उनको टिप्पणी थियो ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा किरातीले भने, ‘केपी ओलीको सरकार ईतिहासमै खतरनाक राष्ट्रघाती सरकार हो । यो सरकारलाई यथासिघ्र विस्थापित गरेर एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउनु पर्छ ।’

एमाओवादी अध्यक्ष प्रचण्डको नेतृतवमा नभए मधेस आन्दोलन, पुनिर्निर्माण र शान्ति प्रक्रियाको विषयमा धारणा लिएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बनाउन सकिने उनले बताए ।

स्थायी समिति सदस्य नेता किरातीले ओली नेतृत्वको सरकार हटाउन पार्टीभित्रै सशक्त आन्दोलन गर्ने घोषणा गरे । अब पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने अन्यथा पार्टीभित्र शसक्त आन्दोलन गर्ने उनले बताए ।

नेता किरातीले आफ्नो अभियानको समर्थनमा ५० केन्द्रीय सदस्य रहेको दाबी गरे । उनले ओली सरकारलाई हटाउन पार्टीको संसदीय दल, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा समेत छलफल गराउने योजना सुनाए । उनले भने, ‘यो सरकार लामो समयसम्म जान सक्दैन । केपी ओलीबाट एमाओवादी आजित भइसकेको छ ।’

किरातीले खोक्रो राष्ट्रवादको नाममा भारतलाई चिढ्याएर अन्तर्राष्ट्रिय गठबन्धन बनाएर माओवादीलाई घेराउ गर्ने खतरनाक योजनामा प्रधानमन्त्री लागेको उनले बताए ।

माओवादीको चिहानमा एमालेको शासन गर्ने योजनालाई बुझ्नु पर्ने भन्दै उनले भने, ‘केपी ओली शान्ति सम्झौता सिध्याएर ज्योति बसु र चारु मजुमदारको जस्तो अवस्थामा पुर्याउने षड्यन्त्रमा लागेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment