+
+

कर नतिर्नेलाई फोहोर उपहार !

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १० गते ५:४६

kathmandu ko fohor१० वैशाख, काठमाडौं । वीरगन्ज उपमहानगरपालिका कार्यालयले बक्यौता कर असुल्न करदातालाई फोहारेर उपहार दिन थालेको छ ।

मालपोत, घरजग्गा कर र एकीकृत सम्पत्ति कर नतिरेका कर दतालाई उपमहानगरपालिकाले नगरबाट संकलित फोहर उपहारमा दिन थालेको आजको अन्नपूर्णमा समाचार छ ।

वीरगन्जको श्रीपुरमामा रेहको कृषि सामाग्री कम्पनी लिमिटिड क्षेत्रीय कार्यालयलाई उपमहानगरपालिकाले एक ट्याक्टर फोहोर उपहार दिएको छ ।

बक्यौता कर नतिरेको भन्दै उपमहानगरपालिकाले कृषि सामाग्री कम्पनी लिमिटेडको मूल गेटमै बुधबार बिहान एक ट्याक्टर फोहर थुपारिदिएको हो ।

उपमहानगरपालिका कार्यालयका कर्मचारीले कृषि सामाग्रीको गेटमा कर नतिरेकोले एक ट्याक्टर फोहोर उपहार लेखिएको सूचना समेत टास गरेका छन् ।

कृषि सामाग्री कम्पनीले २०५२ साल देखिको मालपोत, घरजग्गाकर र एकीकृत सम्पत्ति कर बापतको ९१ लाख ३६ हजार ४५ रुपैयाँ तिर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?