अमेरिका । २५औं हिराल्डोकाई सोवकान अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालका साग स्वर्ण पदकधारी सुनिल लामा सहित अमेरिकाको पहिलो र एक मात्र नेपाली कराते डोजो इन्टरनेश्नल पदधिकारी मार्शल आर्टस एशोसियशन न्ययोर्कका खेलाडीले ४ स्वर्ण १ कास्य र ५रजत गरी जम्मा १० पदक हात पारेका छन् ।हिराल्डोकाई सोवकान कराते डोको आयोजनामा अप्रिल २४ तारिख आईतवार न्यूयोर्कको क्विन्स स्थित इलमकोर सेन्टरमा सम्पन्न च्याम्पियनसिपमा नेपालका साग पदक विजेता सुनिल लामा सहित इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्ययोर्कका ९ जना खेलाडीहरुको सहभागीता रहेको उक्त च्याम्पियनसिपमा व्यक्तिगत खुला तौलको कुमिते मा नेपालको सुनिल लामाले आफनो पतिद्धन्दी पहिलाृ चरणमा मोनटोया लाई ९-३ , दोश्रो चरणमा मोहमद सलेम लाई १०-३ ,तेश्रो चरणमा डारडन सिका लाई ७-० र अन्तिम चरणमा बर्नार्ड कोलोनल लाई ९- ४ ले पछाडी पार्दै स्वर्ण पदक जित्न सफल भएका छन ।
इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्ययोर्कका १३ र्विर्षय डेचेन पेमाले व्यक्तिगत कातामा स्वर्ण र कुमितेमा रजत, १३ बर्षिय सहैला इस्लामले व्यक्तिगत काता मा रजत र कुमितेमा स्वर्ण पदक, १३ बर्षिय सहैला इस्लामाले व्यक्तिगत काता तथा कुमिते दवैमा रजत पदक, १४ बर्षिय महमद इलवौनीनी ले व्यक्तिगत कुमितेमा काश्यपदकर ७ बर्षिय रोहित खडकाले व्यक्तिगत काता मा रजत पदक जित हासिल गर्न सफल भएका छन।अमेरिका कराते महासंघद्धारा मान्यता प्राप्त च्याम्पियनसिपमा इन्टरनेश्नल मार्शलआर्टस एशोसियशन न्यूयोर्कको ९ जना खेलाडीहरुको सहभागीता रहेको थियो । च्याम्पियनसिपमा न्यूयोर्क राज्यको को अलावा अन्य ६ राष्ट्र्हरु क्यानाडा, डमिनीकन रीपब्लीक, भेनेजयला, पानामा र हईटीको गरी ३५० जना भन्दा वढी खेलाडीहरुको सहभागीता रहेको थियो ।
विश्व कराते महासंघका रेफ्री सेन्सी क्लिभ वेक्सटरको प्रमुख निर्देशनमा संचालित च्याम्पियनसिपमा पान अमेरिका र अमेरिकी कराते महासंघ अन्तर्गतका रेफ्री तथा निर्णायकहरु सहभागि थिए । जस मध्ये च्याम्पियनसिपम नेपाली मुलका इन्टरनेश्नल मार्शल आर्ट एसोसिएसन न्यूयोर्कका प्रमुख प्रशिक्षक शान्त थोकर र सहायक प्रशिक्षक पर्खि राई २ जना मात्र निर्णायक ( रेफ्री )सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4