+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सावधान ! फास्टफूडको सेवनले नपुंशक बनाउन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १७ गते ९:३६

fast food_eating

बर्गर, पिज्जाका साथै अन्य विभिन्न खाले प्याकेट बन्द तथा खुल्ला फास्टफूडहरु कत्तिको खानुहुन्छ ? धेरै खानुहुन्छ भने सावधान । यस्ता फास्टफूडहरुको अधिक सेवनले निकै नकारात्मक असर पार्ने देखिएको छ ।

यस्ता फास्टफूडमा हानिकारक रसायन हुन्छ जसलाई थ्यालेट्स भनिन्छ । यस्तो रसायनको प्रयोग यी तयारी खानाहरुलाई प्याकिंग गर्ने काममा प्रयोग गरिएको हुन्छ ।

एक नयाँ शोध अनुसार फास्टफूडमा प्रयोग गरिने दुग्ध तथा खाद्य पदार्थको उत्पादनका  साथै प्याकिंगमा थ्यालेट्स नामक रसायन प्रयोग गरिएको हुन्छ । त्यसैले बढि फास्टफूड खाने मानिसहरुको पिसाबमा थ्यालेट रसायनको मात्रा निकै उच्च अर्थात ४० प्रतिशत सम्ब बढि रहेको पाइएको छ ।

अमेरिकाको जर्ज वासिंटन विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर तथा प्रमुख शोधकर्ता अमी जोटाका अनुसार थ्यालेट्सका कारण बच्चा तथा युवाहरुमा विभिन्न खाले स्वास्थ्य समस्या देखिने गरेका छन् ।

इन्भारोमेन्टल हेल्थ पर्सपेक्टिभ जर्नलमा छापिएको शोध अनुसार यो रसायनले मानिसको प्रजनन प्रणालीमा नोक्सान पूराउनुका साथै मानिसलाई नपुंशक बनाउने जोखिम पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?