+

मुद्दा फिर्ता लिए क्रिकेट संघको तदर्थ समिति भंग गर्न राखेप तयार

२०७३ वैशाख  २० गते १४:३७ २०७३ वैशाख २० गते १४:३७
मुद्दा फिर्ता लिए क्रिकेट संघको तदर्थ समिति भंग गर्न राखेप तयार

keshab Bista

२० वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद (परिषद् राखेप)ले निलम्बित नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समितिले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिए आफूले गठन गरेको तदर्थ समिति भंग गर्न तयार रहेको बताएको छ ।

आधिकारिकता विवाद लम्बिएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले केही समय अघि क्रिकेट संघलाई निलम्बन गरेको छ ।

[sam_list] क्यान निलम्बनपछि औपचारिक धारणा सार्वजनिक सोमबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशव विष्टले निलम्बनलाई राखेपले गम्भीर रुपमा लिएको बताए । यद्यपि आईसीसीले क्यान निलम्बनको औपचारिक जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई नगराएको बताए ।

अदालतमा परेको मुद्दा तथा निष्पक्ष र स्वतन्त्र निर्वाचनलाई मुख्य आधार बनाएर क्यान निलम्बन गरेको भन्दै सदस्य सचिव विष्टले तदर्थ समिति गठनको आफ्नो निर्णयको बचाउ गरे ।

क्यानको बहुमतले निर्वाचन गरेपछि राखेपलाई त्यसलाई मान्यता नदिएर रमेश शिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो ।

आईसीसीले नै क्रिकेट संघ ठीक छैन भनेपछि आफूहरुले तदर्थ समिति बनाएको भन्दै उनले कुनै गलत काम नगरेको उनले बताए ।

राखेप सदस्य सचिव विष्टले आपसी विवाद र व्यक्तिगत महत्वकांक्षा त्यागेर अगाडि बढ्नुपर्नेमा जोड दिए । विवाद समाधानका लागि राखेपले पहल सुरु गरिसकेको भन्दै उनले सहयोगका लागि आग्रह गरे ।

क्यानसम्बन्धी अदालतमा मुद्दा विचाराधीन रहेको र राखेपले चाहेर पनि केही गर्न नसक्ने भन्दै उनले भने, ‘समस्या समाधानका लागि सम्बन्धित पक्षले अदालतबाट मुद्दा फिर्ता लिएर विवाद मिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’

क्रिकेट संघलाई नयाँ शिराबाट शुरु गर्न यो अवसर भएको भन्दै उनले निर्वाचित समितिले मुद्दा फिर्ता लिए राखेप तदर्थ समिति भंग गरेर नयाँ शिराबाट नेपाल क्रिकेट संघलाई अघि बढाउन तयार रहेको बताए ।

भिडियो

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय