+
+

विष्टले बोलाए पूर्वपञ्चहरुको भेला

प्रकाशचन्द्र लोहनीदेखि बालाराम घर्तीमगरसम्म सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते १९:५९

Kesharbahaur-Bist

२ जेठ, काठमाडौं । राप्रपा नेपालबाट निस्कासनमा परेका नेता केशरबहादुर विष्टले एकीकृत राप्रपा निर्माणका लागि भन्दै पूर्वपञ्चहरुको भेला गरेका छन् ।

विष्टले आइतबार काठमाडौको प्रज्ञा भवनमा पूर्वपञ्चहरुको उपत्यकास्तरीय भेला गरेका हुन् । भेलामा राप्रपाका नेताहरु डा. प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत र बालाराम घर्तीमगर पनि सहभागी छन् ।

नेता विष्टले सबै पूर्वपञ्चहरुलाई एकठाउँमा जम्मा गरेर बलियो राप्रपा बनाउनका लागि भेला गरेको जानकारी दिए । उनले वृद्ध नेताहरुले नेतृत्व गरेका कारण राप्रपा छिन्न्ाभिन्न भएको र पूर्वपञ्चहरुले आफ्नो पृष्ठभूमि बताउन समेत अप्ठेरो मान्नुपर्ने अवस्था रहेको भन्दै जोश र जाँगर भएको नेतालाई नेतृत्व सुम्पिनुपर्ने धारणा राखे ।

उनले सबै पूर्वपञ्चहरुलाई एकढिक्का बनाउने अभियान अन्तर्गत अबको ३ देखि ६ महिनाको बीचमा महाधिवेशन गरेर नयाँ राप्रपा बनाउने उद्घोष समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?