+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

कपिलवस्तुमा फेला परेको अवैध स्काभेटर प्रहरी नियन्त्रणमा

सनिउल्ला धोबी सनिउल्ला धोबी
२०७३ जेठ १२ गते ११:१२

scaveter१२ जेठ, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकावाट अबैध स्काभेटर बरामद गरिएको छ ।

मंगलवार कृष्णनगर भन्सार कार्यालयको टोली र  सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगर संयुक्त टोलीले स्काभेटर बरामद गरेको हो ।

बिशेष सुराकीको आधारमा कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. १ स्थित जितपुर ४ नम्बर चोकको सडक किनारमा रोकी राखेको अवास्थामा स्काभेटर नियन्त्रणमा लिएको हो ।

अन्दाजी मुल्य एक करोड बराबरको हुण्डाई कम्पनीको स्काभेटरको आवश्यक कागजात चेकजाँच गर्दा केही पनि नभेटिएको र शंकास्पद देखिन आएको हुँदा थप आवश्यक अनुसन्धानका लागि  नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक धर्मबहादुर थापाले बताए ।

सशस्त्र प्रहरी निरीक्षक थापाको कमान्डमा ७ जना र कृष्णनगर भन्सार कार्यालयबाट  ३ जनाको संयुक्त गाडी मोवाईल टोलीले बिशेष सुराकीको आधारमा स्काभेटर नियन्त्रणमा लिएको हो । स्क्यभेटर कृष्णनगर भन्सार कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?