Comments Add Comment

बलात्कारको आरोपमा महोत्तरीमा एक पक्राउ

Rape२२ जेठ, महोत्तरी। फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई पक्राउ गरेको छ ।

शुक्रबार अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय  गौशालाले जनाएको छ । पीडित महिला चिच्याएपछि आरोपित फरार भएका थिए ।

पक्राउ परेका यादव र बलात्कृत महिला दुवैको स्वास्थ्य परीक्षण गराउन जलेश्वर पठाउने तयारी भइरहेको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment