+
+

हट महिलाको सूचीमा प्रियंका पहिलो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ७ गते १०:१८

Priyanka-chopda

मुम्बई । बलिउड नायिका प्रियंका चोपडा फेरि एक पटक विश्वका हट महिलाको सूचीमा पहिलो स्थानमा परेकी छिन् ।

म्याक्सिम इण्डिया म्यागजिनले गरेको सर्वेक्षणमा उनले पहिलो स्थान सुरक्षित गरेकी हुन् । उक्त म्यागजिनले विश्वका एकसय हट सुन्दरीमाथि सर्वेक्षण गरेको थियो । उक्त म्याजिनले उनको आवरण तस्बिर समेत प्रकाशन गरेको छ ।

बलिउडमा ब्यस्त हुँदा हुँदै हलिउड फिल्म ‘बेवाच’ मा मुख्य भुमिका निर्वाह गरेकी प्रियंकाले हलिउड सिरियल ‘क्वान्टिको’मा पनि मुख्य भूमिका निर्वाह गरेकी छिन् ।

सन २००० मा मिसवल्डको उपाधि जितेपछि उनको करिअरले नयाँ मोड लिएको थियो । मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी प्रियंका पछिल्लो समय बलिउडमा सर्वाधिक ब्यस्त थिईन् ।

भारतवाट प्रकाशित एक म्यागजिनका अनुसार गएको वर्ष उनी एक हजार घण्टा बढी आकाशमा उडेकी थिईन् । कामको चापको कारण अहिले पनि उनको सुताई प्राय हवाई यात्रामै हुने गर्छ ।

priyanka-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?