+
+

साउनदेखि महानगरका सबै वडामा नक्साको दर्ता अनलाइनबाटै

१५ दिन नयाँ नक्सा दर्ता बन्द हुने

रासस रासस
२०७३ असार १२ गते १८:११

Kathmandu-Metropolition-Cit
१२ असार, काठमाडौं। काठमाडौं महानगरपालिकाले आन्तरिक मिसिल व्यवस्थापन गर्न असार १६ गतेदेखि असार मसान्तसम्मका लागि नयाँ नक्सा दर्ता प्रक्रिया बन्द गर्ने भएको छ ।

यसै आवको अहिलेसम्म दर्ता भइसकेका पास हुन बाँकी रहेका नक्साको काम भए पनि १६ गतेदेखि मसान्तसम्म अरु नयाँ नक्सा दर्ताको काम नहुने कामपाका सहरी विकास विभाग प्रमुख तथा इन्जिनियर राम थापाले बताए ।

चालु आवमा नक्सासँग सम्बन्धित भए गरेको कामको विवरण र आगामी आवका लागि गरिने कामको विवरण तयार गर्नुपर्ने भएको हुँदा केही समयका लागि नक्सा दर्ता गर्ने काम रोक्न लागिएको उनको भनाइ छ ।

यसैबीच, आगामी साउन महिनादेखि काठमाडौँ महानगरपालिको ३५ वटै वडाका नागरिकले घरबाटै अनलाइबाट नक्सा पासका लागि दर्ता गर्न पाउने भएका छन् । नागरिकलाई सहज र सेवा पारदर्शी बनाउन उक्त सेवा विस्तार गर्न लागिएको प्रमुख थापाले बताए ।

उनले भने , “कामपामा नै आएर नक्सा पास गराउँदा लाइनमा बस्नुपर्ने, मापदण्ड पूरा नहुँदा विभिन्न किसिमको झन्झट नागरिकले व्यहोर्नुपर्ने हुँदा उक्त समस्याबाट मुक्त गराउनका लागि यस व्यवस्था ल्याउन लागिएको हो ।”

महानगरभित्र नै निर्माण हुने ठूला व्यावसायिक भवनको हकमा भने नक्सा पास गराउँदा नै काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट योजना स्वीकृत लिनुपर्ने भएकाले उक्त स्वीकृति लिएपछि मात्र अनलाइन नक्सा पासको प्रक्रिया हुने जानकारी गराइएको छ ।

मापदण्डअनुरुप नक्सा पासका लागि दर्ता अनलाइनबाट गराएपछि तोकिएको समयभित्र पास भएको सूची कामपाले नागरिकलाई पठाउनेछ । यदि नक्सा पासका लागि मापदण्ड पूरा नभएको हकमा भने पास नहुनुका कारण पनि सूचीमा पठाइने जानकारी गराइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?