१२ साउन, पर्वत । गएराति वर्षासँगै भीरबाट झरेको पहिरोले माझफाँट–२ मा कपास उद्योग पुरिँदा सातजना घाइते भएका छन् ।
पर्वत जिल्लाको माझफाँट–२ बारीबेनीमा कालीगण्डकीको तिरमा रहेको धौलागिरि कपास उद्योग पहिरोका कारण पुरिएको हो ।
पहिरोले पुरिएर उद्योगभित्र सुतिरहेका सातजना मजदुर र सञ्चालक घाइते भएका छन् जसमध्ये एकको अवस्था गम्भीर रहेको छ ।
घाइतेको छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । पहिरोका कारण उद्योगमा लाखौँको क्षति भएको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4