+

भेन्यु म्यानेजरले ब्राजिली खेलाडीलाई मैदानमै विहेको प्रस्ताव राखे

२०७३ साउन  २५ गते १७:४३ २०७३ साउन २५ गते १७:४३
भेन्यु म्यानेजरले ब्राजिली खेलाडीलाई मैदानमै विहेको प्रस्ताव राखे

Brazil

एउटा ओलम्पिक फाइनल, पदक वितरण समारोह र विहेको प्रस्ताव । यस्तै भयो सोमबार ब्राजिलको डेओडोरो रंगशालामा ।

जसरी अष्ट्रेलियाले रग्वी सेभेनको इतिहासमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक हासिल गर्‍यो । पदक बितरण पनि गरियो । ठीक त्यसै समयमा मार्जोरी एन्या मैदानमा पुगे र ब्राजिली खेलाडी इसाडोरा सेरुल्लोलाई भने, ‘म तिमीसँग विहे गर्न चाहन्छु ।’

ओलम्पिक आयोजक राष्ट्र ब्राजिलका २८ बर्षीय एन्या रियोका भेन्यु म्यानेजर हुन् । उनले मैदानमा पुगेर प्रेमीकासँग अंकमाल गरे र माइक्रोफोन हातमा लिएर भावुक भाषण गरे ।

एन्याले भनेका छन्, ‘जस्तो कि मलाई थाहा छ उनी टोलीमा समावेश थिइन्, मैले बिचार गरेँ कि यो पललाई अझै सार्थक बनाउँ ।’ उनले थपे, ‘मलाई थाहा छ की हाम्रो रग्वी टिमले उत्कृष्ट प्रदर्शन गर्‍यो । यसका लागि उनीहरुलाई शुभकामना ।’

एन्याका अनुसार सार्वजनिक रुपमा विहेको प्रस्तव राख्दा उनी नर्भस भइनन्, दुई बर्षदेखिको सम्बन्धलाई उनले सार्वजनिक गर्ने भनेका थिए कि ‘उनी मेरो जीवनको माया हुन् ।’

यो जोडी साओ पाउलोमा बस्छ । प्रेमीका सेरुल्लोसँग अमेरिका र ब्राजिल दुवै मुलुकको नागरिकता छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय