३२ साउन, पोखरां । साउन महिनाको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदैछन् ।
तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंलवारमा ट्होटें मनाउदै आएको हो । ट्होटें पर्व कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायतका गण्डक क्षेत्रसहित देशभर छरिएका सबै गुरुङहरुले मनाउने गर्छन् ।
उक्त दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज ट्होटें र्यालीसहित विविध कार्यक्रम गर्दैछ । पोखरा १ बगरस्थित पुरानो टुँडिखेलबाट मौलिक पोशाक, झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित तमु अधिकार माग गर्दै ्याली गर्ने तमु धिँले जनाएको छ । र्याली बागबजार, विन्ध्यबासिनी, मोहरियाटोल, नालाकोमुख, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल भिमसेनचोक, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत हुने तमु धिं नेपालकी कर्म तमुले जानकारी दिईन् ।
उक्त समारोहमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ । हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहिन् भएकाले तमुहरुले तमुवान राज्य प्राप्तिको माग गर्दै कार्यक्रम गर्न लागेको तमु धिं नेपालकी अध्यक्ष तमुले बताइन् ।
तमु धिँ नेपालको पहलमा कस्केली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलवार पोखरामा २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको हो ।
प्रतिक्रिया 4