+
+

भारतीय बाँधले १३ हजार बिघाको खेती नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ६ गते ६:४२

Rupandehi-Badi (2)६ भदौ, काठमाडौं । भारतले अन्तरराष्ट्रिय सन्धी–सम्झौता मिचेर सीमा क्षेत्रका विभिन्न स्थानमा बाँध निर्माण गर्दा बर्सेनि १३ हजार बिघा जमिनको बाली नष्ट हुँदै आएको छ ।

डुबानका कारण हरेक वर्ष करिब ७ हजार टनभन्दा बढीको धानबाली नष्ट हुने गरेको पाइएको छ । डुबान भएको जमिन करिब २ हजार ८८ हेक्टर हो । कृषि विकास मन्त्रालयका अनुसार नेपालमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.३ टन छ ।

दशगजाबाट तल्लो तटीय क्षेत्रका डेढ दर्जनभन्दा बढी स्थानमा भारतले बाँध तथा तटबन्ध निर्माण गरेको छ । यो तथ्यांकअनुसार सीमा क्षेत्रमा हुने डुबानका कारण ठूलो परिमाणको धानबाली नष्ट हुने गरेको अाजको कारोबार दैनिकमा समाचार छ ।

बाली नष्ट हुँदा किसानमा परनिर्भरता बढ्नुका साथै भारतबाट चामल आयात गर्नुपर्ने अर्को बाध्यता रहेको विज्ञहरू बताउँछन् ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार १९ स्थानको ड्यामले सीमा क्षेत्रमा बर्सेनि कम्तीमा ५० हजार नागरिक विस्थापित हुने गरेका छन् ।

नेपालमा करिब ६ हजार नदीनालामध्ये भारततर्फ १ सय ५० वटा बग्छन् । नेपाल–भारत सीमा १८ सय ८० किमि दूरीसम्म फैलिएकोमा ६० नदी तथा खोलाले दुई देशबीच सीमाको काम गरेको छ ।

भारतीय पक्षले सीमा क्षेत्रमा निर्माण गरेका अनधिकृत बाँधबाट पीडित किसानलाई राहत तथा क्षतिपूर्ति भराउन नेपालले आगामी गृहसचिव स्तरीय बैठकमा एजेन्डा पेस गर्ने भएको छ । भदौ तेस्रो साता नयाँदिल्लीमा आयोजना हुन लागेको बैठकमा गृह मन्त्रालयले सीमा क्षेत्रका डुबान पीडित किसानलाई राहत तथा क्षतिपूर्ति भराउने सम्बन्धमा एजेन्डा लैजाने भएको हो ।

यदि नेपाली पक्षबाट पेश हुने एजेन्डा कार्यान्वयनमा आए सीमा क्षेत्रका डुबानपीडित हजारौं नेपाली किसानले राहत पाउनेछन् । गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार बाँध, तटबन्ध तथा ड्यामपीडित किसानको विवरण संकलन कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?