+
+

तरुण दलको असन्तुष्ट पक्षद्वारा महाधिवेशन बहिस्कारको चेतावनी

माग सम्वोधन नभए समानान्तर समिति बनाउछौंः सिटौला

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २४ गते ११:४०

Nepal-Tarun-Dal-Pressmeet

२४ भदौ, काठमाडौं । नेपाल तरुण दलको असन्तुष्ट पक्षले आफ्ना ६ बुँदे धारणालाई सम्बोधन नगरे समानान्तर समिति बनाउने र महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएको छ ।

पौडेल पक्षका नेताहरुले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी महाधिवेशनसँग सम्बन्धि ६ बुँदे धारणा सार्बजनिक गरेका छन् । जसमा आयोजक समितिको नेतृत्व आफूखुसी अघि बढेको र १९ जिल्लाका कार्यकर्ताहरुलाई महाधिवेशनमा सहभागी हुन बञ्चित हुने अवस्था सिर्जना गरेको आरोप लगाइएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा विधान समिति संयोजक मेदनी सिटौलाले भने, ‘विभिन्न जिल्लाको विवाद समाधान नगरी महाधिबेशन हुन्छ भन्ने कसैले सोचेको छ भने केवल कोरा कल्पना हो । यदि हाम्रा मागहरूलाई वेवास्ता गरियो भने देशभर समानान्तर समिति गठन गरेरै भएपनि चुनावि मैदानमा उभिनेछौ ।’

असन्तुष्ट पक्षले कतिपय जिल्लामा एक पक्षीय ढंगबाट गरिएका विवादास्पद काम तत्काल बन्द गर्नुपर्ने, महाधिवेशनमा कुनै पनि जिल्लालाई बञ्चित गर्न नपाइने, अधिवेशन नभएका जिल्लाहरुमा तत्काल अधिवेशन गरी प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरी महाधिबेशनको मिति र स्थान तय गर्नुपर्ने, संगठनको विधान पनि संशोधन गरी महाधिबेशन पहिले नै संघीय संरचनाअनुसारको विधान निर्माण गर्नुपर्ने लगायत माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?