+
+

रीस्तालाई अफर आएन कि भनेजस्तो फिल्म पाइनन् ?

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १२ गते १४:५०

rista basnet
चलचित्र क्षेत्रमा प्रवेश गर्दाको समयमा धमाधम काम पाएकी थिइन् नायिका रीस्ता बस्नेतले । रीस्ताको हातमा आएका चलचित्र हेर्दा लाग्थ्यो, उनको करिअर अब फुल्छ ।

तर, उनले खेलेका सबैजसो चलचित्रले असफलताको व्यापार गरे । कुनै पनि चलचित्रले लगानी उठाउन नसक्दा रीस्ताको करिअर पनि धरापमा पर्‍यो ।
अहिले रीस्ताको हातमा चलचित्र नै छैन । रीस्ता अहिले आफूलाई चित्तवुझ्दो कथाको अफर नआएकाले चलचित्र नगरेको बताउँछिन् ।

म्यूजिक भिडियो मोडलिङ, विज्ञापनमा नै काम गरिरहेको यी सुन्दरीको भनाई छ । हुनत, अफर आइन्जेल सबै चलचित्रमा काम गर्ने र अफर आउन छाडेपछि चुजी भएको बताउने नेपाली कलाकारको बानी नै हो ।

कलाकार विपना बस्नेतकी छोरी रीस्तालाई अब कसले गर्ला त राम्रो कथामा अफर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?