+
+

आशिर्वादमा काठमाडौं आउने एसएसपी सफल हुँदैनः विक्रमसिंह थापा

माओवादीको एम्बुसदेखि काठमाडौंको प्रहरी प्रमुखसम्म

रमेश धमला रमेश धमला
२०७३ मंसिर ३० गते ९:००

३० मंसिर, काठमाडौं । एसएसपी विक्रमसिंह थापाले ३० वर्षे सेवा अवधिका कारण आज बिहीबारदेखि अवकाश पाउँदैछन् । अवकाश पाउने पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर थापाले आफ्नो प्रहरी जीवनको अनुभव सुनाए ।

SSP-Bikram-Singh-Thapaकाठमाडौंमा १५ महिने बसाइका क्रममा आफुले अनेक दवाबको सामना गर्नुपरेको उनले सुनाए । थापाले भने- ‘काठमाडौंको एसएसपी हुँदा आउने दबावको सामना गर्न गर्न नसक्ने हो भने उसले जनतालाई सुरक्षा दिनै सक्तैन ।’

कुनै नेताको आशिर्वाद लिएर आउने एसएसपी काठमाडौंमा सफल हुन सक्ने थापाको दाबी छ । उनी भन्छन्- ‘कसैको आशिर्वादमा काठमाडौं आउने एसएसपीले सफल हुन्छु भन्नु दिवासपना मात्रै हो ।’

बोनसको जिन्दगी मातृभूमिका लागि

३० वर्षे प्रहरीको सेवा अवधिमा २५ वटा प्रहरी इकाइहरुको नेतृत्व सम्हालेका एसएसपी थापा द्वन्द्वकालमा दुईपटक माओवादीले थापेको एम्बुसमा परेका थिए ।

उनी ०५७ सालमा नुवाकोटको डीएसपी हुँदा माओवादीको एम्बुसमा परेका थिए । सो घटनाको स्मरण गर्दै उनले भने- ‘तारुकामा माओवादीले चौकी आक्रमण गरेछ, त्यहाँका इञ्चार्जले स्टेमा थप जनशक्ति मागे । रातको साढे १० जति बजेको थियो, कसलाई पठाउनु भनेर म आफैं गएँ । तर, वीच बाटोमै एम्बुसमा परें । त्यसैको परिणामस्वरुप अहिले मेरो श्रवण शक्ति गुमेको छ ।’

थापाले भने- ‘द्वन्द्वकालमा दुईपटक एम्बुसमा परेर बाँचेको मान्छे, म प्रहरीबाट अवकाश पाए पनि यो बोनसको जिन्दगी मातृभुमिको सेवामा खर्चिनेछु ।’

त्यसो त बाँकेको एसएसपी हुँदा भगत सिंहको सशस्त्र नेटवर्क ध्वस्त बनाएको क्षण पनि आफ्ना लागि निकै स्मरणीय भएको थापाको भनाइ छ ।

त्यस्तै ललितपुरको एसपी हुँदा नेटवर्किङ व्यवसायका नाममा मौलाएको युनिटीको ठगी धन्दा पनि थापाले नै ध्वस्त बनाएका हुन् ।

भैरहवाको नेतृत्व सम्हाल्दा एसएसपी थापाले पेट्रोलका ट्याङ्कर गायव बनाउने आयल निगमका क्षेत्रीय डिपो प्रमुखलाई पक्रेर थुनेका थिए । तेलमाथिको तस्करी ध्वस्त पारेको त्यो घटना पनि आफ्नो कार्यकालको चुनौतिपूर्ण काम रहेको थापाको अनुभव छ ।

एसएसपी थापाले काठमाडौंको सुरक्षा जिम्मेवारी सम्हाल्दा भारतको नाकावन्दी चलिरहेको थियो । बजारमा खाद्य वस्तुको मूल्य चरम रुपमा बढेको थियो । त्यहीबेेला थापाले केएल दुगडको तेल गोदाममा छापा मारे, जहाँ दुगडले तोकिएको भन्दा १० गुणासम्म असुल गर्न राखेको तीन लाख लिटर खाने तेल थियो ।

‘जनताको जीवनसँग जोडिएको विषयमा सम्झौता गर्ने कालोबजारीलाई कसरी छोडन सकिन्छ ? त्यसैले त्यस्तालाई कार्वाहीको दायरामा ल्याउने आँट गरिएको भन्दै एसएसपी थापाले सन्तोष प्रकट गरे ।

आफुले हरेक दबावको सामना गरे पनि संगठन प्रमुखको साथ र विश्वासका कारण काठमाडौंमा टिकेको र त्यसले नै आफूलाई सफल बनाएको उनको दाबी थियो ।

एसएसपी थापासँगै योगेश्वर रोमखामीसहित चार जना एसएसपीले मंसिर ३० गते एकसाथ अवकाश पाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?