+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

नेमकिपाको कार्यक्रममा मधेसी मोर्चाको नाराबाजी

एस.के. शान एस.के. शान
२०७३ माघ २८ गते १६:३६

२८ माघ, राजविराज । नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन शुक्रबार राजविराजमा शुरु भएको छ ।

पटक-पटक मधेस बिरोधी अभिव्यक्ति दिएको र मधेसको अधिकारको बाधक बनेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले सम्मेलन विथोल्ने प्रयास गरेका थिए । राजविराजको शिब मन्दिर प्राङ्गणमा कार्यक्रम शुरु हुनै लाग्दा मधेसी मोर्चाका नेता/कार्यकर्ता त्यहाँ गएर नाराबाजी गर्न शुरु गरेका थिए ।

मोर्चाका कार्यकर्तालाई प्रहरीले रोक्न खोज्दा दुबै पक्षबीच केहिबेर सामान्य झडप समेत भएको थियो ।

प्रहरीले दुई दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएपछि कार्यक्रम शुरु भएको थियो ।

यद्यपि मोर्चाको बिरोधपछि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे भने यहाँ आएनन् । उनले नै राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।


विजुक्छे नआएपछि नेमकिपाका सचिव सुनिल प्रजापतिले सम्मेलनको उद्घाटन गरे ।

हरेक थोक विदेशी हुन थाल्यो

सम्मेलनको उद्घाटन मन्तव्य दिने क्रममा प्रजापतिले मुलुकमा हरेक थोक विदेशी हुन थालेको र विदेशीको इसाराले मुलुक चल्न थालेको बताए । आफूलाई पार्टी भनाउँदाहरुले विदेशी पैसा दिएर गाउँ पसाउने गरेको बताए ।

पार्टीले आफ्नो घोषणा पत्र दिएर कार्यकर्तालाई जनता समक्ष पुर्‍याउनुपर्नेमा एनजिओको झोला दिएर पठाउने गरेका छन्’ उनले भने, ‘मुलुकका बुद्विजिवी भनाउँदाहरु प्नि विदेशी भाषा बोल्ने, विदेशीसँगै विवाह गर्ने क्रम बढेपछि राष्ट्रियता कमजोर हुँदै गएको छ ।”

एनजिओको झोला बोक्नेहरु मुलुकको सांसद, मन्त्री जस्ता पदमा आउन थालेको बताउदै उनले यस्ता व्यक्तिहरु बढी मात्रामा आए मुलुक समस्यामा पर्न सक्ने । उनले सरकारमा जान अहिले पनि विदेशीकै आशिर्वाद थप्नेहरुको बोलबाला रहेको बताउँदै अवस्था यस्तै रहे मुलुक बिक्री समेत हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?