
१० फागुन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी थियो । तर, दलहरुबीच सहमति नभएपछि बैठक स्थगित गरिएको स्रोतले बतायो ।
सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्मा (बबिन)का अनुसार अब संसद बैठक बुधबार दिउँसो दुई बजे बस्ने छ ।
संविधान संशोधनको विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीच कुरा मिलेको छैन । सहमतिको प्रयासमा प्रधानमन्त्री प्रचण्डले आजै संसद भवनभित्र सर्वदलीय बैठक आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4