+
+

छोरालाई लिएर शोभितले बनाउने भए ‘बाबु कान्छा’

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते १४:५९


निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्रको नाम भने ‘बाबु कान्छा’ राखिएको छ । यो चलचित्रमा मुख्य कलाकारको रुपमा सलोन बस्नेत रहने पक्का भएको छ ।

अन्य कलाकार भने फाइनल गर्न बाँकी छ । चलचित्रको गीत रेकडिङ सुरु भएको छ । संगीतकार टंक बुढाथोकीको संगीतमा गायक कमल खत्रीले ‘छाई सक्यौ आँखामा तिमी’ बोलको गीतमा स्वर दिएका छन् ।

केहि बर्ष ब्रेक लिएर शोभित चलचित्र निर्माणमा आउन लागेका हुन् । चलचित्रको छायांकन नेपाल र दुबइमा गरिनेछ । उनले यो प्रोजेक्ट ८० लाखमा सक्ने बताए । चलचित्रका कार्यकारी निर्माता रवि अधिकारी छन् । चलचित्रको छायांकन चाडै नै सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?