१९ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजना एवम् फोटो जर्नालिष्ट क्लव तथा नेप्लिज इन फोटोग्राफीको सक्रियतामा तीन दिने फोटो प्रदर्शनी आजबाट सुरु भएको छ ।
आज पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका सिइओ दीपकराज जोशीले प्रदर्शनीको उदघाटन गरे । उदघाटनपछि उनले आम मानिसले पनि नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउन सक्छन् भन्ने उदाहरण यो प्रदर्शनी बनेकोमा खुसी व्यक्त गरे ।
नेप्लिज इन फोटोग्राफी, एउटा फेसबुक पेज हो जहाँ जोडिएर जो कोहीले पनि आफूले खिचेका तस्वीरहरु पोष्ट गर्न सक्छन् । पोष्ट भएका तिनै तस्वीरहरुमध्ये पिजे क्लवले छनौट गरेका तस्वीरहरु प्रदर्शनीका लागि राखिएको हो ।
प्रदर्शनीमा राखिएका तस्वीरहरुमा नेपालको पर्यटन झल्काउने हिमाल, पहाड तथा मनोरम पर्यटकीय क्षेत्रहरुका छन् । जुन तस्वीरहरु गैरव्यावसायिक फोटोग्राफरले खिचेका हुन् । हेर्नुहोस प्रदर्शनीमा राखिएका केहि तस्वीरहरुः
प्रतिक्रिया 4