+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्थानीय तहमा कमल थापाको हात बाँधेर बिदा भए हितराज

'मैले मिसन पूरा गरें, अब स्थानीय तह कार्यान्वयनमा गयो'

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २७ गते १५:४४

२७ फागुन, काठमाडौं । बिहीबार राति राष्ट्रपति भवन शीतलनिवासमा कमल थापालाई उपप्रधानमन्त्रीको सपथ खुवाउने तयारी भइरहेको थियो । उता स्थानीय विकास मन्त्रालयमा चाहिँ कमल थापाको हात बाँध्ने गृहकार्यमा केही दिनदेखि नै बहालवाला स्थानीय विकास मन्त्री हितराज पाण्डे सक्रिय थिए ।

मन्त्री पाण्डेले जाँदाजाँदै यस्तो निर्णयमा सही धस्काइदिए कि शुक्रबार बिहानै कमल थापाले मन्त्रालयमा पुगेर देशभरिका गाविस विघटन भई गाउँपालिकाहरु कार्यान्वयनमा आएको घोषणा गर्न बाध्य भए ।

मन्त्री पाण्डेले अन्तिम घडीमा रातारात खटेर ७४४ वटा स्थानीय तहसहितको संरचना राजपत्रमा प्रकाशित गराए । यो संरचना संविधानतः राजपत्रमा प्रकाशित भइसकेपछि अब नयाँ मन्त्री कमल थापाले यसलाई दायाँवायाँ गर्न पाउने अवस्था रहेन । राजपत्रमा प्रकाशित भइसकेपछि अब पुरानो गाविसको संरचना स्वतः नयाँमा रुपान्तरित भएको छ ।

मन्त्री पाण्डेले शुक्रबार दिउँसो अनलाइनखबरसँग भने- ‘म आफ्नो मिसनमा सफल भएँ, अब ७४४ स्थानीय तह राजपत्रमा गइसकेको छ, अब यसलाई कसैले तलमाथि गर्न सक्दैन ।’

आफूले अति मेहनत गरेर स्थानीय तहको नयाँ संरचना तयार पार्न र कार्यान्वयनमा लैजान सफल भएको भन्दै पाण्डेले सन्तोष व्यक्त गरे । उनले भने- ‘स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनलाई पूर्णता दिएर कार्यान्वयनमा लैजाने मैले अठोट गरेको थिएँ, धेरैले विरोध गदौगर्दै पनि मैले आफ्नो मिसन पूरा गरें ।’

आफूले स्थानीय चुनावसमेत गराउने अठोट गरेको सुनाउँदै पाण्डेले भने- ‘तर राजनीतिक आवश्यकताले गर्दा मैले मन्त्रालय छाड्नुपर्‍यो र त्यो जिम्मेवारी पूरा गर्न पाइँन ।’

स्थानीय विकास मन्त्रालयको जिम्मेवारी कमल थापालाई दिने क्रममा प्रधानमन्त्रीले आफूलाई पशुपंक्षी मन्त्रालयको जिम्मेवारी दिने बताए पनि आफूले राजीनामा दिने निर्णय गरेको पाण्डेले अनलाइनखबरलाई बताए ।

प्रधानमन्त्री प्रचण्डले भन्नासाथ कमल थापाका लागि स्वेच्छाले मन्त्री पद त्यागेका पाण्डेले अनलाइनखबरसँग भने- ‘मन्त्री किन हुने ? मेरो विचारमा कुनै काम पूरा गर्नका लागि मन्त्री हुने हो, पशुपंक्षी मन्त्रालयमा बसेर मैले केही पनि काम देखिनँ, त्यसैले प्रधानमन्त्रीसमक्ष मलाई मन्त्री पद चाहिँदैन भनिदिएँ ।’

माओवादी पार्टीभित्रका कुशल व्यवस्थापक एवं मेहनेती नेताका रुपमा परिचय बनाएका गोरखाली नेता पाण्डेले जटिलताका वीचबाट स्थानीय तहको नयाँ संरचनालाई पूर्णता दिएका छन् ।

अब पाण्डेको पहल र मेहनतमा बनेका ७४४ स्थानीय तहको कर्मचारी व्यवस्थापनदेखि लिएर निर्वाचनसम्म गराउने अभिभारा कमल थापाका हातमा आएको छ ।

तर, यी संरचनालाई हेरफेर गर्ने वा चलाउने स्थितिबाट भने कमल थापाको हात बाँधिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?