बुधबारदेखि नेपालमा एक चलचित्रको छायांकन सुरु भएको छ । मंगलबार शुभ साइत गरेर छायांकन सुरु गरिएको चलचित्रको नाम ‘करोडपति’ राखिएको छ । यहि, नाममा नायक भूवन केसीले एक दशक अगाडि चलचित्र बनाएका थिए, जुन सुपरहिट भएको थियो ।
अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको यो चलचित्रमा भारतीय चलचित्रका चर्चित कमेडी कलाकार राजपाल यादव मुख्य भूमिकामा छन् । यो चलचित्रको छायांकनका लागि राजपाल यादव नेपाल आइसकेका छन् र उनले आजबाट छायांकन सुरु गरेका छन् । यादवले करिब २ साता नेपालमा यो चलचित्रको छायांकन गर्नेछन् ।
अनलाइनखबरलाई श्रोतले दिएको जानकारी अनुसार यो चलचित्रमा अन्य २ भारतीय कलाकारको पनि अभिनय रहनेछ । जसका लागि चलचित्रको छायांकन करिब १५ दिन मुम्बइमा गरिनेछ । राजपाल यादवको सबै दृश्य खिचेपछि चलचित्रको यूनिट जोमसोम र मुस्ताङ जाने वुझिएको छ ।
चलचित्रको छायांकनको बारेमा कुनै पनि जानकारी यसको निर्माणपक्षले दिएको छैन । वुझिएअनुसार, राजपाल यादवको भूमिका नेपालीकै भएकाले गर्दा उनी छायांकनका लागि नेपाल आएका हुन् ।
चलचित्रको मुख्य भूमिकामा राजपालसँगै नायक आर्यन अधिकारी र नायिका नीता ढुंगाना देखिनेछन् । आर्यनले चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिए ।
नीतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
प्रतिक्रिया 4