+
+

गोपाल योञ्जनको सम्झनामा ‘देशले रगत मागे…’

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ७ गते १२:३१

ललितपुर । गोपाल योञ्जनको २०औं स्मृति दिवसको पूर्वसन्ध्यामा अलग आर्ट हबले सांगीतिक कार्यक्रम गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा आभा मुकारुङ, झुमा निरौला, मण्डल साम्पाङ, पार्वती राई, दिपा लामा, विनोद राई, सुनिता थेगिमले गोपाल योञ्जनका सदाबहार गीत प्रस्तुत गरेका थिए । यसका साथै अलग आर्ट हबका विद्यार्थीले पनि योञ्जनद्वारा सङ्गीतबद्ध गीत गाएका थिए ।

गायक–गायिकाहरुले ‘देशले रगत मागे’, ‘बनेको छ पहराले’, ‘जीवनदेखि धेरै’, ‘गल्ती हजार हुन्छन्, ‘मेरो जोवन लैजाऊ’, ‘हिमालसरि म अग्लिरहेछु’ लगायत गीत प्रस्तुत गरेका थिए ।

कलाकारहरुलाई वाद्यवादनमा मण्डल साम्पाङ, यमकुमार समाल, रमेश खड्का र अब्राहम समले साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?