+
+
Shares

बिषालु च्याउ खाँदा झापामा ९ जना बिरामी

गौरव पोखरेल गौरव पोखरेल
२०७४ जेठ १२ गते ११:२३
विषालु च्याउ

१२ जेठ, झापा । झापामा विषालु च्याउ खाने ९ जना बिरामी परेका छन् । बिरामी सबैको नोबेल अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।

बिषालु च्याउ खाँदा कमल गाउँपालिका–४, तोपगाछीका ३३ वर्षीय विष्णु घिमिरे, १४ वर्षीया छोरी सलिना घिमिरे, १० वर्षीय सन्ध्या घिमिरे, ७ वर्षीय सोनी घिमिरे, २ वर्षीय सोनिका घिमिरे, छिमेकी २८ वर्षीय उमा घतानी, छोरा ११ वर्षीय इन्द्र घतानी, ९ वर्षीय चन्द्र घतानी र छोरी २ वर्षीय सबिना घतानी रहेका छन् ।

बिहीबार बेलुकी विषालु च्याउ खाएलगत्तै उनीहरु बिरामी परेका हुन् ।

बेलुका ८ बजेतिर बाटोमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु विरामी भएको प्रहरीले जनाएको छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?