+
+

विजय गच्छदारको प्रस्ताव-२ नम्बर प्रदेशको चुनाव सार्न सकिन्छ

'अदालतले आदेश नदिई सरकारले केही गर्न सक्दैन'

ध्रुब भट्टराई ध्रुब भट्टराई
२०७४ जेठ २८ गते १८:४३

 

२८ जेठ बिराटनगर । उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुने सुनिश्चित भएको खण्डमा २ नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गर्न सकिने बताएका छन् ।

आइतबार बिराटनगर विमानस्थलमा पत्रकारुहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले तेस्रो चरणमा चुनाव गर्न सकिने संकेत गरेका हुन् । तर, यसका लागि सर्वोच्च अदालतको अनुमति आवश्यक पर्ने उनले बताए ।

राजपालाई चुनावमा भाग लिने वातावरण तयार गर्न प्राविधिक र कानुनी कुराहरुलाई परिमार्जन गर्न सरकार तयार रहेको उनले बताए ।

राजपा चुनावमा भाग लिने सुनिश्चित भएको खण्डमा २ नम्बर प्रदेशको हकमा तेस्रो चरणमा चुनाव गराउने सम्भावना रहने उनले बताए ।

तर, दुई नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव गराउनका लागि सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने गच्छदारले संकेत गरे । स्थानीय तहको संख्या बढाउने विषयमा सर्वोच्च अदालतमा परेको निवेदनमाथि अदालतले सम्वोधन गरेको खण्डमा मात्रै २ नम्बर प्रदेशको चुनाव सार्न सकिने उनको भनाइ छ ।

स्थानीय तहको संख्या थप गर्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा परेकाले राजपाले भनेजस्तो गरी तत्कालै यस विषयमा निर्णय लिन नसकिने गच्छदारले बताए ।

सीमांकनको विषयमा पनि अदालतले निर्णय दिएमात्रै केही गर्न सकिने उनको भनाइ छ ।

उपप्रधानमन्त्री गच्छदारले २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशको हकमा भने राजपाले भनेजसरी चुनावको मिति सार्न असम्भव रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?