३१ जेठ, काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन तीन सातामा १० अर्बले बढ्दा कर्जामा भने २ अर्बको मात्र वृद्धि देखिएको छ ।
जेठ १२ गते वाणिज्य बैंकहरुसँग कुल १९ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ २६ गते यो रकम १० अर्बले बढेर १९ खर्ब ६४ अर्ब पुगेको हो ।
यता, कर्जा १६ खर्ब ६४ अर्ब रहेकोमा जेठ २६ मा कर्जा लगानी बढेर १६ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।
जेठ १९ गते भने वाणिज्य बैंकहरुमा १९ खर्ब ६५ अर्ब रहेको निक्षेप जेठ २६ मा १ अर्बले घटेको हो । जेठ २६ गते बैंकहरुको कर्जा र निक्षेप अनुपात ८४.८२ प्रतिशत रहेको छ ।
निक्षेप बढ्न नसक्दा बैंकहरुको कर्जा लगानी पनि सुस्तिएको छ ।