Comments Add Comment

आमाको मृत्युमा सन्नीको हात थियो ? यसरी गरिन् खुलासा

पोर्न उद्योग हुँदै बलिउडमा अवतरण गरेकी सन्नी  लियोनी बेलाबखत चर्चामा आउँछिन् । यसपटक उनी पुन चर्चामा छिन्, बृत्तचित्रको कारण । उनको जीवनबारे तयार गरिएको बृत्तचित्र अहिले केहि फिल्म फेस्टभलमार्फत विश्वव्यापी रिलिज गरिएको छ । दिलीप मेहताले बनाएको यो बृत्तचित्रमा सन्नी ले यस्ता खुलासा गरेकी छिन्, जसले तपाईलाई जिब्रो टोक्न बाध्य पार्छ ।

१. आमाको मृत्यु

‘आमाको मृत्यु भएको मेरो आँखाले देखें । मौले उनलाई माफिर्नको अन्तिम डोज दिएकी थिएँ । र, त्यसपछि म सुत्न गएँ । कहिले कहिं सोच्छु कि, कतै मैले दिएको त्यही डोजले उनको ज्यान लिएको हो कि ? मलाई लाग्दैन कि मैले उसलाई मारे । तर, त्यही औषधी दिए लगत्तै आमा मरेकी थिइन् ।’ सन्नी ले भनेकी छिन् ।

३. पोर्न उद्योगको कुरा लुकाउँदा

सन्नी ले बृत्तचित्रमा भनेकी छिन्, ‘जब मैले पेन्टहाउस म्यागजिनको लागि पहिलो पटक पोज दिएँ, त्यसबेला मेरा अभिभावक जीवित थिए । उनीहरुलाई मेरो कामबारे थाहा थिएन । किनभने म घरको आसपास जान्थें, सबै पसलमा पुग्थें र सबै म्यागजिन खरिद गर्थें ।’

३. स्टेजमा भाईको निकनेम

सन्नी का भाई सन्दीप वोहराले भनेका छन्, ‘मेरी दिदीले मलाई भनेकी थिइन्, पेन्ट हाउसले उनलाई स्टेजको नाम छान्न भनेका छन् । तब, उसको दिमागमा मेरो नाम आएछ । त्यसमा मलाई कुनै असर छैन ।’

सन्नी ले भनेकी छिन्, ‘जब आमाले यो कुरा थाहा पाइन्, रिसाइन् । दुखी भइन् ।’

४. भाइका साथीबीच लोकप्रिय

‘जब भाई कलेजमा थिए, अतिरिक्त पैसा कमाउन चाहन्थे’ सन्नी ले भनेकी छिन्, ‘उसले मलाई भन्यो कि, के तिमी मलाई अटोग्राफ दिन सक्छौ, जो म आफ्नो साथीलाई बेच्न सक्छु । मैले स्विकार गरिदिएँ ।’

५. जब आमाले सोधिन्, तिमी नग्न भएकी थियौं ?

‘मैले पेन्टहाउस म्यागजिनको पेन्ट अफ द ईयर अवार्ड जितेपछि अभिभावकलाई आफ्नो पोर्न करियरको बारेमा बताएँ । मैले भनेकी मलाई एक लाख डलरको पुरस्कार मिलेको छ । तर, आमा निकै समय चुप रहिन् र बोलिन्, के तिमी नग्न भएकी थियौं ?’

पापाले भने, यो निर्णय लिनुअघि किन तिमीले हामीलाई सोधेनौ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment