+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

९ बानी, जसले तपाईलाई मधुमेहको रोगी बनाउँछ

मधुमेह नियन्त्रणका लागि कति प्रभावकारी व्यायाम

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २५ गते १३:०५

‘खानदानी रोग ।’ मधुमेह, उच्च रक्तचाप जस्ता रोगलाई हामी चलनचल्तीको भाषामा यसै भन्छौ । यसो भन्नुको खास अर्थ छ । यसले सौखिन र आरमदायक जीवन विताउन चाहनेहरु यस रोगका सिकार बन्छन् । यसबाट के बुझ्न सकिन्छ भने मधुमेह रोग लाग्नुको पछाडि तपाईको जीवनशैली धेरै हदसम्म जिम्मेवार छ ।

हाम्रा कति आनीवानी यस्ता छन्, जसले मधुमेह रोग निम्त्याउने कारक बन्छ । के हुन् त ति बानी ?

१. राती अबेरसम्म बस्नुहुन्छ

यदी तपाई राती अवेरसम्म बस्नुहुन्छ , कम सुत्नु हुन्छ, अनिदो बस्नुहुन्छ भने तपाई बिस्तारै मधुमेहको चपेटामा पर्नुहुनेछ ।

चुरोट खाने तथा रातको समयमा भोजन गर्ने लगायतका बानीले पनि मधुमेह निम्त्याउँछ । तपाई आफ्नो तौलप्रति वेपर्वाह हुनुहुन्छ वा तौल नियन्त्रण गर्नुहुन्न भने त्यसले मधुमेहको खतरा सामान्य अवस्थामा भन्दा डेढ गुना बढी बढाउँछ ।

२. लामो समय टिभी हेर्नुहुन्छ

अनौठो लाग्नसक्छ, टेलिभिजन हेर्दा मधुमेहको खतरा ? सहि हो । पिट्सवर्ग विश्वविद्यालयको एक अध्ययनले यसै भन्छ । त्यस अनुसार तपाई जति धेरै लामो समय टेलिभिजनअघि विताउनुहुन्छ, उत्तिनै मधुमेहको खतरा हुन्छ ।

३. विहान नास्ता गर्नुहुन्न

तपाईले भोग्नुभएकै होला, जसले विहानका नास्ता गर्दैन, उसले दिनभरमा क्यालोरीयुक्त खानेकुरा तथा बढी चिल्लो खानेकुराको सेवन गरिरहेको हुन्छ । यसबाहेक, तपाईले शरीरलाई आवश्यक पर्ने खानेकुरा समेत खानुहुदैन । जसले गर्दा तपाईको इन्सुलिनको स्तर बढ्न सक्छ, र तपाईलाई मधुमेह हुनसक्छ ।

४. अल्छी गर्नुहुन्छ तर, मीठो खानुहुन्छ

नेपालीमा उखानै छ, ‘अल्छे तिघ्रो, स्वादे जिब्रो ।’ धेरैमा यस्तै बानी हुन्छ । काम गर्न वा शारीरिक गतिविधि गर्न जाँगर नचलाउने तर, खानेकुरा भने मीठा-मीठा चाहिने । यस्तो बानीले तपाईलाई चाडै मधुमेहको औषधी सेवन गर्नुपर्ने अवस्थामा पुर्‍याउँछ ।

५. अत्याधिक मात्रामा रिफाइन्ड कार्वोहाइड्रेटको सेवन

मैदायुक्त पाउरोटी, सेतो चामल, मैदा लगायतका खाद्यान्नको प्रयोगले तपाईको शरीरलाई ज्यादामात्रामा इन्सलिन उत्पादन गर्न प्रेरित गर्छ र त्यसलाई शरीरले छिटै सोस्ने गर्छ । यसले गर्दा तपाईलाई धेरै भोक लाग्ने गर्छ । परिणामस्वरुप तपाई ज्यादा खाना खानुहुन्छ । यसले मधुमेह निम्त्याउँछ ।

६. घाममा नबस्ने

हामीले घामबाट प्राकृतिक रुपमा भिटामिन डि प्राप्त गर्छौ । यद्यपी हामी घाममा बस्न रुचाउँदैनौ । यस्तो बानीले शरीरमा भिटामिन डीको अभाव हुनजान्छ । फलत टाइप २ मधुमेहको खतरा हुन्छ ।

७ धेरै तनाव लिनुहुन्छ

तनाव तथा चिन्ता मधुमेहको एउटा प्रमुख कारण हुनसक्छ । किनकी तनाव तथा चिन्ता हुदाँ शरीरले कार्टिसोल नामक हर्मोनको उतपादन गर्छ, जसले इन्सुलिन एक्टिविटीलाई बढाउँछ, यसले तपाईको रगतमा चिनीको मात्रालाई समेत बढाउँछ ।

८. दिनभर बसेर काम गर्नुहुन्छ

कतै तपाई पनि पूरै दिन बसेर काम गर्नु त हुन्न ?अफिसमा झण्डै आठ घण्टा बसेरै काम गर्ने र घरमा गएर पनि टिभीमै दिन व्यतित गर्नुहुन्छ भने तपाईहरुलाई पनि मुटुरोग तथा मधुमेहको जोखिम बढी हुनसक्छ ।

९. सस्तो भाडामा खाना तताउने बानी

न्युयार्क विश्वविद्यालयको एक वैज्ञानिकहरुले पत्ता लगाए अनुसार प्लाष्टिकको भाडामा खाना तताउनाले प्लाष्टिकको भाडामा पाइने दुई केमिकल्सले इन्सुलिनबाट तपाईको प्रतिरोधात्मक क्षमतालाई बढाउँछ, जुन मधुमेहको प्रारम्भिक लक्षण हो । यसले विशेषगरी, युवा तथा बालबालिकालाई हानी पुर्‍याउने गर्छ ।

मधुमेह नियन्त्रणका  लागि कति प्रभावकारी व्यायाम

मधुमेहबाट छुटकारा पाउने तीन बिधी हो, स्वास्थ्य खानपान, नियमित व्यायाम र योगा । मधुमेह नियन्त्रणका लागि व्यायाम निकै प्रभावकारी हुन्छ । यद्यपी व्यायाम गर्नुअघि थोरै सावधानी अपनाउनु पर्छ । किनभने बिना जानकारी व्यायाम गर्दा उसको ब्लड शुगरको स्तर धेरै वा कम हुनसक्छ ।

कति र कहिले गर्ने व्यायाम

यदि तपाई मधुमेहलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने नियमित व्यायामलाई आफ्नो दिनचर्यामा सामेल गराउनुहोस् । यद्यपी मधुमेह रोगीले व्यायाम गर्नुअघि ख्याल गर्नैपर्छ कि, कहिले र कित व्यायाम गर्ने ?

अमेरिकन हार्ट एसोसिएशनका अनुसार जुन व्यक्तिलाई मधुमेह छ उसले सप्ताहमा कम्तीमा पाँच दिन व्यायाम गर्नैपर्छ । एक पटकमा ३० मिनेट व्यायाम गर्नुपर्छ । स्वास्थ्य अनुसार हल्का वा भारी व्यायाम आवश्यक्ता हुन्छ ।

जस्तो कि, तिब्र गतिमा हिँड्ने वा मध्यम गतिमा हिँड्ने । यसले तपाईको हृदयको धड्कनमा बढोत्तरी हुनसक्छ । यसका साथै टाइप २ मधुमेहको रोगीले हप्तामा कम्तिमा एक वा दुई पटक मांसपेशी बलियो बनाउने व्यायाम गर्नुपर्छ ।

व्यायामको सुरुवात विस्तारै-विस्तारै गर्नुहोस् । सुरुमा १५ मिनेट मात्र व्यायाम गर्नुहोस् । बिहान र बेलुकी १५-१५ मिनेट टहल्नुहोस् । र, बिस्तारै व्यायामको समयलाई बढाउँदै लानुहोस् ।

वर्कआउट

आफ्नो दिनचर्यालाई सक्रिय बनाउनुहोस् । घरको सानोतिनो काम आफै गर्नुहोस्, जसले शारीरिक रुपमा सक्रिय तुल्याउँछ । टेलिभिजन हेरेको बेला होस् वा कम्प्युटरमा काम गरेको बेला नै, एकै स्थानमा लामो समय बस्नु हुँदैन । बेला बखत उठ्ने, शरीरलाई तन्काउने वा हल्का व्यायाम गर्ने गर्नुहोस् ।

घरमा कुकुर छ भने कुकुरलाई डोहोर्‍याएर बाहिर निस्कन सकिन्छ । बच्चासँग खेल्न सकिन्छ ।

सावधानी

यदि व्यायाम गरेको बेला, खेलेको बेला शारीरिक पीडा भयो भने त्यो काम बन्द गर्नुहोस् । जस्तो कि, सास बढ्यो, थकावट महसुष भयो, चक्कर लाग्यो भने चिकित्सकको परामर्श लिनुपर्छ ।

– यदि कम्पन, बेचैनी, कमजोरी महसुष भयो भने व्यायाम गर्न छाडौं ।

– यदि सामन्यभन्दा बढी पसिना आयो भने व्यायाम नगरौ ।

– यदि मुटुको धड्कन एकदमै तिब्र भयो भने व्यायाम नगरौ ।

– टाउको दुख्न थाल्यो भने व्यायाम बन्द गरौ ।

ब्लड शुगर लेभल कम भयो भने ?

व्यायामको क्रममा तपाईको ब्लड शुगर लेभल कम हुनसक्छ । खासगरी टाइप १ मधुमेह छ भने । यस स्थितीमा व्यायाम शुरु गर्नुअघि कम्तिमा एक वा तीन घण्टा पहिला केहि स्न्याक्स लिनुहोस् ।

व्यायाम गरेको बेला आफुसँग तीन वा पाँच ग्लूकोज ट्याब राखौ । थोरै मात्रामा फलको जुस वा हार्ड क्यान्डी पनि राख्न सकिन्छ । यसका साथै दुई चम्चा किशमिश राखौ ।

खानपानमा सावधानी

मधुमेह रोगीले के खाने भन्ने कुरा जति महत्वपूर्ण हुन्छ उत्तिनै कहिले र कति खाने भन्ने कुराले पनि अर्थ राख्छ ।

थोरै थोरै खाने

तिब्र वा छिटो छिनो खाने मान्छेले धेरै खान्छन् । शान्त र सहज रुपमा विस्तारै खाना खानुपर्छ । यसले खानाको स्वाद त बढ्छ नै, मधुमेह, मोटोपन जस्ता समस्या पनि हुँदैन ।
राती लामो समय बसेर वा अबेरसम्मम खाना खानबाट बचौं । सुत्नुभन्दा तीन घन्टाघि खाना खाइसक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?